ट्रम्प र किमबीचको वार्ता निष्कर्ष विहीन, वार्तास्थल छाडेर हिँडे दुवै नेता | Khabarhub Khabarhub

ट्रम्प र किमबीचको वार्ता निष्कर्ष विहीन, वार्तास्थल छाडेर हिँडे दुवै नेता


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हनोई– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको दोस्रो वार्ता निष्कर्ष विहीन भएको छ । भियतनामको राजधानी हनोईमा भएको दोस्रो भेटवार्ता निष्कर्ष विहीन भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रप र उत्तर कोरियाली सर्वोच्च नेता उनबीचको बिहीवारको वार्ता निष्कर्ष विहीन बनेपछि अर्को वार्तापनि अनिश्चित बनेको छ ।

ह्वाईट हाउसका प्रेस सचिव सराह स्यान्ड्रसले दुबै देशका राष्ट्रपतिले कोरियाली द्विपमा भएको परमाणु हातहतियारको विषयमा छलफल भएको जानकारी दिएकी छन् । ‘आजको वार्तामा कुनै उपलब्धी हुने सकेन, दुबै देशले यसबारे फेरि थप छलफल गर्ने संकेत गरेका छन्,’ उनले भनिन् । तथापि उनले आजको वार्ता सकारात्मक र एकदमै राम्रो भएको प्रतिक्रिया दिइन् ।

यस्तै, दुबै देशले बिहीवार गर्ने भनेको समझदारी पत्रमा पनि हस्ताक्षर हुन सकेन । उनीहरुको हनोई मेट्रोपोल होटलमा हस्ताक्षर पछि सँगै ‘लन्च’ गर्ने कार्यक्रम पनि स्थगित भएको छ । दुबै नेताले वार्तास्थल छोडेर हिँडेको बताइएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  १ : १९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’