अस्पतालमा शव चिन्नै गाह्रो, पोस्टमार्टम गर्न १० देखि १५ घन्टासम्म लाग्न सक्ने ! « Khabarhub

अस्पतालमा शव चिन्नै गाह्रो, पोस्टमार्टम गर्न १० देखि १५ घन्टासम्म लाग्न सक्ने !


१६ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका ७ जनाकै शव परीक्षण शुरु भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको शव परीक्षण प्रक्रिया शुरु गरिएको त्रिवि शिक्षण अस्पताल महाराजगन्जले जनाएको छ ।

शिक्षण अस्पतालको फरेन्सिक मिडिसिन विभागका निमित्त प्रमुख डा. रिजन श्रेष्ठको नेतृत्वमा शव परीक्षण गर्न लागिएको हो ।

पोस्टमार्टममा चिकित्सक मनि महर्जन, हरिहर वस्ती, अस्पतालका ९ जना आवासीय चिकित्सक, ३ जना डेन्टल चिकित्सक परिचालन भएका छन् । यस्तै मृतकको औंठा छाप र डिएनएका लागि नेपाल प्रहरीको केन्द्रीय प्रयोगशालाको समूह पनि परिचालन हुने जनाइएको छ ।

पोस्टमार्टमा लागि १० देखि १५ घण्टा लाग्ने !

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुका अनुसार हेलिकोप्टर दुर्घटनामा निधन भएका ७ जनामध्ये अधिकांशको शव नचिनिने अवस्थामा छ ।

मन्त्री अधिकारी र उनका अंगरक्षक अर्जुन घिमिरेको शवको पहिचान हुन सकेपनि अन्यको शव पहिचान हुन नसकेको जनाइएको छ ।

‘प्राय शवहरु नचिनिने अवस्थामा छन् । एउटा शवको पोर्टमार्टम गर्न कम्तिमा पनि १ देखि २ घन्टासम्म लाग्ने देखिन्छ,’ त्रिवि शिक्षण अस्पतालको फरेन्सिक डिपार्टमेन्टका प्रमुख हरिहर वस्तीले भने, ‘यसहिसावले सवै शवको परीक्षण सक्न १० देखि १५ घन्टा पनि लाग्न सक्छ । कम्तिमा ७ घन्टा त लाग्ने नै देखिन्छ ।’

अस्पताल स्रोतका अनुसार शव पहिचानका लागि डिएनए परीक्षण समेत गर्नुपर्ने हुनसक्छ । अस्पतालले शवको डिएनए परीक्षणका लागि समेत तयारी शुरु गरेको छ ।

शव पहिचानका लागि प्रहरीको केन्द्रीय प्रयोगशालाको टिम र त्रिवि शिक्षण अस्पतालको फरेन्सिक डिपार्टमेन्टको टिम खटिएको छ ।

एक चिकित्सकका अनुसार मन्त्री अधिकारी र अंगरक्षक घिमिरेबाहेक अन्य व्यक्तिको पोस्टमार्टम गर्न १० देखि १५ घन्टाको समय लाग्न सक्छ ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  २ : ३५ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का