मन्त्री अधिकारीका पिएसओ अर्जुनकी बहिनीले भनिन्– दाइलाई सन्चो थिएन « Khabarhub

मन्त्री अधिकारीका पिएसओ अर्जुनकी बहिनीले भनिन्– दाइलाई सन्चो थिएन


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाले ज्यान गुमाए ।

जसमा मन्त्री अधिकारीका सुरक्षा गार्ड (पीएसओ) अर्जुन घिमिरेले पनि ज्यान गुमाए ।

दुर्घटनामा ज्यान गुमाएका सात जनाकै शव ताप्लेजुङबाट काठमाडौं ल्याइएको छ । शव पोस्र्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।
मृतकको शव अस्पताल ल्याउने भएपछि परिवारका सदस्यहरु अस्पताल पुगेका थिए । भावविह्वल अवस्थामा अस्पताल पुगेका परिवारका सदस्यहरु आँशु थाम्न सक्ने अवस्थामा थिएनन् ।

मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे

मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरेकी वहिनी भावविह्वल अवस्थामा आफ्ना दाईको शव बुझ्न टिचिङ अस्पताल पुगेकी थिइन् ।
नेपालगञ्ज घर भएकी अर्जुनकी वहिनी इन्दिरा पौडेलले दुर्घटना बारे हिजो दिँउसो फेसबुकबाट थाहा पाएको बताइन् ।

‘घटना भएको साढे एक बजे फेसबुक खोल्दा थाहा पाएँ’ इन्दिराले खबरहबसँग भनिन्, ‘त्यसपछि अहिले विहान काठमाडौं आइपुगेको हुँ ।’
दाइसँग आफ्ना दुर्घटनाको अघिल्ला दिन बेलुका फोनमा कुरा भएको इन्दिराले बताइन् ।

‘दाइसँग अस्ति कुरा भएको थियो , किर्तिपुर घरमा छु अलि सन्चो छैन भन्नु भएको थियो, आज यस्तो…..’

यति भन्दै इन्दिरा रुन थालिन् ।

हामीले कामना गर्यौं परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् ।

शव काठमाडौंमा  भिडियो

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  २ : ५० बजे

तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन हुने

दाङ– तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ

आठ थान बन्दुक बरामद

सुर्खेत– सल्यानमा आठ थान भरुवा बन्दुक बरामद गरिएको छ ।

शिक्षा शुल्कमा लगाइएको कर, अभिभावकमाथि अत्याचार

आर्थिक वर्ष २०८३/८४ को बजेटले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको छ

भोजपुर तिम्माका किसानलाई आधुनिक मौरीघार बनाउन तालिम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसानलाई आधुनिक मौरीघार निर्माणसम्बन्धी तालिम