भारतीय पाइलट फर्काउन पाकिस्तान तयार: विदेशमन्त्री कुरैशी « Khabarhub

भारतीय पाइलट फर्काउन पाकिस्तान तयार: विदेशमन्त्री कुरैशी


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले खसालेको भारतीय वायुसेनाका पाइलटलाई फिर्ता गर्न पाकिस्तान तयार रहेको पाकिस्तानी विदेशमन्त्रीले जनाएका छन् ।
पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले पाकिस्तानको जियोटिभीलाई दिएको अन्तरवार्तामा भनेका छन्– ‘भारत र पाकिस्तानबीच जारी तनाव कम हुन्छ भने भारतीय वायुसेनाका पाइलटलाई फकाउन तयार छौं ।’
बुधबार पाकिस्तानी सेनाले भारतीय वायुसेनाको रुसमा निर्मित मिग २१ विमान खसालेर विमानका पाइलट एअर विङ कमाण्डर अभिनन्दनलाई पक्राउ गरेको थियो ।
पछिल्लो समय भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा रहेका बेला पाकिस्तानी विदेशमन्त्रीको यस्तो भनाइ आएको हो ।
यसैबीच साउदी अरबका युवराज मोहम्मद बिन सलमानको विशेष सन्देश लिएर साउदी विदेशमन्त्री अदेल अल जुबैरले पाकिस्तानको भ्रमण गर्ने भएका छन् ।
सोही अन्तरवार्तामा विदेशमन्त्री कुरैशीले साउदी विदेशमन्त्रीले पाकिस्तानको भ्रमण गर्न लागेको जनाएका हुन् ।
साउदी विदेशमन्त्री अल जुबैरले यसै महिनाको शुरुमा भारत र पाकिस्तान दुबै मुलुकको भ्रमण गरेका थिए । यता भारतमा पनि पाकिस्तानमा पक्राउ परेका एअर विङ कमाण्डर अभिनन्दनलाई भारत फर्काउन चर्को दबाब रहेको बताइन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ३ : ५० बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग