भारतीय पाइलट फर्काउन पाकिस्तान तयार: विदेशमन्त्री कुरैशी « Khabarhub

भारतीय पाइलट फर्काउन पाकिस्तान तयार: विदेशमन्त्री कुरैशी


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले खसालेको भारतीय वायुसेनाका पाइलटलाई फिर्ता गर्न पाकिस्तान तयार रहेको पाकिस्तानी विदेशमन्त्रीले जनाएका छन् ।
पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले पाकिस्तानको जियोटिभीलाई दिएको अन्तरवार्तामा भनेका छन्– ‘भारत र पाकिस्तानबीच जारी तनाव कम हुन्छ भने भारतीय वायुसेनाका पाइलटलाई फकाउन तयार छौं ।’
बुधबार पाकिस्तानी सेनाले भारतीय वायुसेनाको रुसमा निर्मित मिग २१ विमान खसालेर विमानका पाइलट एअर विङ कमाण्डर अभिनन्दनलाई पक्राउ गरेको थियो ।
पछिल्लो समय भारत र पाकिस्तानबीच तनाव उत्कर्षमा रहेका बेला पाकिस्तानी विदेशमन्त्रीको यस्तो भनाइ आएको हो ।
यसैबीच साउदी अरबका युवराज मोहम्मद बिन सलमानको विशेष सन्देश लिएर साउदी विदेशमन्त्री अदेल अल जुबैरले पाकिस्तानको भ्रमण गर्ने भएका छन् ।
सोही अन्तरवार्तामा विदेशमन्त्री कुरैशीले साउदी विदेशमन्त्रीले पाकिस्तानको भ्रमण गर्न लागेको जनाएका हुन् ।
साउदी विदेशमन्त्री अल जुबैरले यसै महिनाको शुरुमा भारत र पाकिस्तान दुबै मुलुकको भ्रमण गरेका थिए । यता भारतमा पनि पाकिस्तानमा पक्राउ परेका एअर विङ कमाण्डर अभिनन्दनलाई भारत फर्काउन चर्को दबाब रहेको बताइन्छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ३ : ५० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी