विकासका लागि हातेमालो गर्न महानगर तयार: चिरिबाबु « Khabarhub

विकासका लागि हातेमालो गर्न महानगर तयार: चिरिबाबु


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहमा हुने विकास निर्माणका कार्यमा जनतासँग हातेमालो गरेर अघि बढ्न महानगर तयार रहेको बताएका छन् ।

महानगरपालिका–१८ को मगरगाउँमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख महर्जनले कुनै दल विशेषप्रति आग्रह राखेर विकासका कार्यमा पूर्वाग्रह नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “मेरो २० महिनाको कार्यकालमा ६४ वटा बैठक सञ्चालन भइसके । राजनीतिक रुपमा आफू अल्पमतमा रहे पनि एउटा पनि विवाद छैन ।”

वडा नं १८ का वडाध्यक्ष पुरुषोत्तम खड्काले स्थानीय विकास निर्माणमा पूर्ण पारदर्शिता अपनाएमा बजेटको अभाव नहुने बताए ।

कार्यक्रममा मगरगाउँ पीपलबोट सडक निर्माण उपभोक्ता समितिको अगुवाइमा मगरगाउँदेखि सानो खोकनासम्मको सडक निर्माण सम्पन्न भएको जानकारी गराइयो । उक्त सडक निर्माण गर्न महानगरपालिका र स्थानीय उपभोक्ताको चन्दाबाट करीब रु ३२ लाख प्राप्त भएको समितिले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ३ : ४८ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि