केदार र जितुले मन्त्री अधिकारीसँगको फोटो शेयर गर्दै यस्तो लेखे | Khabarhub Khabarhub

केदार र जितुले मन्त्री अधिकारीसँगको फोटो शेयर गर्दै यस्तो लेखे


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रविन्द्र अधिकारीसहित अन्य सात जनाप्रति कलाकार जितु नेपाल र केदार घिमिरे (माग्ने बूढा) ले समवेदना व्यक्त गरेका छन् ।

जितुले सामाजिक सञ्जाल फेसबूकमा मन्त्री अधिकारीको निधनले आफूलाई दुःख लागेको जनाएका छन् ।

‘हिजो चाइनिज फिल्म फेस्टिभलमा चाइनिज राजदूत र पर्यटनमन्त्री ज्यूसँग यसरी फोटो खिचिएको थियो, कार्यक्रम अवधिभर सँगै बसियो, मन्त्रीज्यूले हाम्रो नेपाली चलचित्रलाई पनि चाइनामा प्रदर्शन गर्नुपर्ने कुरा राख्नुभएको थियो,’ जितुले लेखेका छन्, ‘तर, आज श्रद्धाञ्जली दिनुपर्दा अत्यन्तै दुःख लागेको छ ।’

यस्तै कलाकार केदार घिमिरेले पनि सामाजिक सञ्जाल फेसबूकमा समवेदना प्रकट गरेका छन् ।

‘नेपाली चलचित्रको विकासका लागि प्रयत्नशील व्यक्तित्व माननीय श्री मन्त्री रविन्द्र अधिकारी ज्यू लगायत दुर्घटनामा पर्नुभएका सबैप्रति हार्दिक श्रद्धाञ्जली, पीडित परिवारले यो दुःख सहने शक्ति प्राप्त गरुन्, शोकाकुल परिवारप्रति हार्दिक समवेदना,’ केदारले लेखेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ५ : ३५ बजे

कानूनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

किन फरफराउँछ आँखा ? यस्तो छ कारण

काठमाडौं- हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने

शेखको शतकले भारत र इंग्ल्यान्डको युवा टेस्ट बराबरीमा सकियो

काठमाडौं – भारत र इंग्ल्यान्डको युवा टोलीको टेस्ट बराबरीमा सकिएको

फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? यसो गर्नुहोस्

काठमाडौं- तपाईंको फोनमा डाटा र ब्याट्री छिट्टै सकिन्छ ? ब्याट्री

यी भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल