भारतीय पाइलटलाई शुक्रबार रिहा गरिन्छ : इमरान खान « Khabarhub

भारतीय पाइलटलाई शुक्रबार रिहा गरिन्छ : इमरान खान


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय वायुसेनाका पाइलटलाई शुक्रबार रिहा गर्ने भएको छ । पाकिस्तानी संसद्को संयुक्त सभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शुक्रबार भारतीय पाइलटलाई रिहा गर्ने जनाएका हुन् ।

दुई मुलुकबीच जारी संकट समाधानको कदमस्वरुप पाकिस्तानले भारतीय वायुसेनाका पाइलट विङ कमाण्डर अभिनन्दनलाई शुक्रबार रिहा गर्ने जनाएका हुन् ।

उनले पाकिस्तान र भारतबीच जारी संकट समाधान गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन सम्पर्क गर्न खोजेपनि मोदीले त्यसलाई अस्वीकार गरेको आरोप समेत लगाए ।

उनले पाकिस्तान र भारतबीचको संकटलाई नियन्त्रणभन्दा बाहिर जान नदिन दुबै मुलुकबीच शान्तिपूर्ण समाधानका लागि वार्ताको बाटो उपयुक्त रहेको समेत जनाएका छन् ।

भारतले आफ्नो भूमिमा गरेको भनिएको हवाई आक्रमणको जवाफ दिन नभई आफ्नो क्षमता देखाउन पाकिस्तानी सेनाले भारतीय वायुसेनाको मिग २१ लडाकु विमान खसालेको प्रधानमन्त्री खानको भनाइ छ ।

उनले कश्मीरको समस्याका लागि भारत र पाकिस्तानबीच सघन वार्ता हुनुपर्नेमा जोड समेत दिएका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ५ : ३८ बजे

दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सञ्चालन गर्ने तयारी

काठमाडौं- दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गरी

गण्डकी प्रदेशमा तनहुँमा मात्रै पशुको रगत परीक्षण

दमौली– भेटेरीनरी अस्पताल तथा पशु सेवा कार्यालय तनहुँले आधुनिक पशु

समस्याग्रस्त सहकारीमा मागदाबी छुट भएका बचतकर्ताले फेरि मागदाबी गर्न पाउने

काठमाडौं– समस्याग्रस्त सहकारीमा बचत भएका तर, यसअघि मागदाबी छुट भएका

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत