बसबाट हाम फाल्दा एक जनाको मृत्यु, ३ घाइते « Khabarhub

बसबाट हाम फाल्दा एक जनाको मृत्यु, ३ घाइते


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा– धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कात्तिकेमा  ब्रेकफेल भएपछि बसबाट हामफाल्दा एक जनाको मृत्यु भएको छ ।

धरानबाट धनकुटातर्फ आउँदै गरेको को.१ ख.७१६९ नम्बरको बस अचानक ब्रेकफेल भयो । ब्रेक फेल भएको थाहा पाएपछि गुडिरहेको बसको ढोकाबाट हामफाल्दा पहिचान खुल्न नसकेका करिव ६० बर्षीय बृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारकै क्रममा दिउँसो उनको निधन भएको धनकुटाका ट्राफिक प्रहरी दीपक खड्काले जानकारी दिए ।

उनका अनुसार बस अनियन्त्रित भएर गुड्ने क्रममा ठोक्किएर तीन जना घाइते भएका छन् । घाइते हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिकाका ईन्द्रबहादुर मग्रान्ती, कृष्णकुमारी तामाङ र सहिदभूमीका सोनु राई छन् ।

उनीहरुको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटनापछि बस र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ६ : १२ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल