दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले बराबरी खेल्यो « Khabarhub

दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले बराबरी खेल्यो


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरी खेलेको छ । आइतबार राति आर्सनलले क्रिष्टल प्यालेससँग २-२ गोलको बराबरी खेलेको हो ।

दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा खेलको सातौं मिनेटमा नै आर्सनलले अग्रता बनाएको थियो । सोक्राटिसको गोलबाट बनाएको अग्रतालाई नवौं मिनेटमा मा दोब्बर पारेको आर्सनलले त्यसलाई जोगाउन सकेन । दोस्रो गोल डेभिड लुइजले गरेका थिए ।

खेलको ३२ औं मिनेटमा लुका मिलिभोजेभिकले गोल गर्दै क्रिष्टललाई खेलमा फर्काए । त्यसपछि खेलको ५२ औं मिनेटमा जोर्डन आयुले गोल गर्दै क्रिष्टललाई २-२ गोलको बराबरी ल्याउदै हारबाट जोगाए ।

यो बराबरीसँगै आर्सनल १० खेलबाट १६ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ । १५ अंक सहित क्रिष्टल प्यालेस छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ७ : २० बजे

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात