दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले बराबरी खेल्यो « Khabarhub

दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले बराबरी खेल्यो


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरी खेलेको छ । आइतबार राति आर्सनलले क्रिष्टल प्यालेससँग २-२ गोलको बराबरी खेलेको हो ।

दुई गोलको अग्रता जोगाउन नसक्दा आर्सनल बराबरीमा रोकिएको हो ।

घरेलु मैदान इमिरेट्स स्टेडियममा खेलको सातौं मिनेटमा नै आर्सनलले अग्रता बनाएको थियो । सोक्राटिसको गोलबाट बनाएको अग्रतालाई नवौं मिनेटमा मा दोब्बर पारेको आर्सनलले त्यसलाई जोगाउन सकेन । दोस्रो गोल डेभिड लुइजले गरेका थिए ।

खेलको ३२ औं मिनेटमा लुका मिलिभोजेभिकले गोल गर्दै क्रिष्टललाई खेलमा फर्काए । त्यसपछि खेलको ५२ औं मिनेटमा जोर्डन आयुले गोल गर्दै क्रिष्टललाई २-२ गोलको बराबरी ल्याउदै हारबाट जोगाए ।

यो बराबरीसँगै आर्सनल १० खेलबाट १६ अंक जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ । १५ अंक सहित क्रिष्टल प्यालेस छैटौं स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ७ : २० बजे

एमालेको सचिव पदका लागि स्वभाविक म दाबेदार हो : शेरधन

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

एमालेले महाधिवेशनबाट गल्ती सच्याएर जनतामाझ जानुपर्छ : सुहाङ नेम्बाङ

काठमाडौं- नेकपा एमालेको ११ महाधिवेशन सुरु हुन अब दुई दिन

भारतमा १२ वर्षीय नेपाली बालक मृत भेटिए, मिर्गौला झिकेर हत्या गरेको आशंका

काठमाडौं– अछामको ढकारी गाउँपालिका–२ फाँटाबगर घर भई हाल भारतको पुना

प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौं– जेन-जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण