निर्मला हत्याकाण्डः गृहमन्त्रीका छोराको डीएनए परीक्षण गर्न माग « Khabarhub

निर्मला हत्याकाण्डः गृहमन्त्रीका छोराको डीएनए परीक्षण गर्न माग


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको संलग्नता रहेको आशंकामा तरुणदलले डीएनए परीक्षणको माग गरेको छ ।

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा सानेपामा भएको कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पन्तको बलात्कारपछि हत्या हुनुमा गृहमन्त्रीकै छोरा संलग्न भएको आशंका गर्दै डिएनए टेष्ट गर्न आग्रह गरेका हुन् ।

‘गृहमन्त्रीज्यू, निर्मला केसमा तपाईँका छोराको नाम मुछिएको छ’ बस्नेतले भने, ‘डीएनए परीक्षण गरेर सत्य तथ्य जानकारी गराइयोस् ।’

बस्नेतले गृहमन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डिएनए परीक्षण गरौं भन्ने आफूले आग्रह गरेको बताए । तपाईँको छोरामाथि बालिका पन्तलाई बलात्कार गरेको आरोप लागेको छ, मलाई गलत सावित गरिदिनुस् तरुण दललाई गलत सावित गरिदिनुस्, त्यसका लागि डिएनए परीक्षण गरौं भन्ने मेरो कुरा हो ।’

२०७५ साल श्रावण १० गते बालिका पन्तको बलात्कार पछि हत्या गरिएको अवस्था शव भेटिएको थियो । तर त्यसको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ७ : ४३ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते