निर्मला हत्याकाण्डः गृहमन्त्रीका छोराको डीएनए परीक्षण गर्न माग | Khabarhub Khabarhub

निर्मला हत्याकाण्डः गृहमन्त्रीका छोराको डीएनए परीक्षण गर्न माग


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डमा गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाको संलग्नता रहेको आशंकामा तरुणदलले डीएनए परीक्षणको माग गरेको छ ।

नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा सानेपामा भएको कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पन्तको बलात्कारपछि हत्या हुनुमा गृहमन्त्रीकै छोरा संलग्न भएको आशंका गर्दै डिएनए टेष्ट गर्न आग्रह गरेका हुन् ।

‘गृहमन्त्रीज्यू, निर्मला केसमा तपाईँका छोराको नाम मुछिएको छ’ बस्नेतले भने, ‘डीएनए परीक्षण गरेर सत्य तथ्य जानकारी गराइयोस् ।’

बस्नेतले गृहमन्त्री थापाका छोरामाथि लागेको आरोपलाई गलत सावित गरिदिन पनि डिएनए परीक्षण गरौं भन्ने आफूले आग्रह गरेको बताए । तपाईँको छोरामाथि बालिका पन्तलाई बलात्कार गरेको आरोप लागेको छ, मलाई गलत सावित गरिदिनुस् तरुण दललाई गलत सावित गरिदिनुस्, त्यसका लागि डिएनए परीक्षण गरौं भन्ने मेरो कुरा हो ।’

२०७५ साल श्रावण १० गते बालिका पन्तको बलात्कार पछि हत्या गरिएको अवस्था शव भेटिएको थियो । तर त्यसको तथ्य अहिलेसम्म बाहिर आउन सकेको छैन ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ७ : ४३ बजे

केही भूभागमा मौसम बदली हुने, तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनाको अवधिमा सात खर्ब

ट्रम्पले गरे अन्तर्राष्ट्रिय अपराध अदालतमाथि प्रतिबन्धको निर्णय

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को विवादास्पद निर्णय गरेका

लगातार बढ्दैछ अमेरिकी डलर : शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल माघ २५ गते शुक्रबार माघ