के हो स्वप्नदोष ? रोक्ने ७ सरल उपाय « Khabarhub

के हो स्वप्नदोष ? रोक्ने ७ सरल उपाय


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्वप्नदोष आफैमा कुनै दोष वा कमजोरी होइन, यो एक प्राकृतिक प्रक्रिया हो । स्वप्नदोष शरीरको एक क्रिया मात्र हो ।

निन्द्रामा रहेका पुरुषको वीर्यपात हुने वा स्खलन हुनुलाई स्वप्नदोष भनिन्छ ।

यसलाई अंग्रेजीमा स्पर्माटोरिया भनिन्छ । सामान्य अवस्थामा स्वप्नमा स्त्रीसंग संभोग गरेको देख्दा वा कल्पनाले पुरुषलाई चरम आनन्द दिने र यसैले वीर्यपात गराउने हुन्छ । स्वप्नदोष कल्पना वा स्वप्नमा हुने स्त्रीभोगका कारणले मात्र हुने गर्दछ ।

कसरी रोक्ने ?

सुरमा नै भनिएको छ, स्वप्नदोष आफैमा कुनै दोष वा कमजोरी होइन । यसले शरीरमा कुनै ठुलो असर पार्दैन । तर पनि स्वप्नदोष रोक्नु वा हटाउनु उत्तम हुन्छ । यसका लागी संयमित आहार, योगासन, ध्यान र सात्विक विचारमा बढि जोड दिनुपर्छ । स्वप्नदोष हटाउने उपाय यस्ता छन् :

१. पेट र ढाडको तल्लो भाग तातो पानीले सेक्दा स्वप्नदोषबाट मुक्ति पाइन्छ ।
२. तारेको र मसालायुक्त खानेकुरा नखाने, माछामासुको सेवन कम गर्ने ।
३. सकेसम्म झोलीलो खानेकुरा खाने फलफूलको जुस प्रशस्त पिउदा पनि स्वप्नदोष रोकिन्छ ।
४. शारीरीक रुपमा दैनिक व्यायाम गर्दा पनि स्वप्नदोष हुन पाउदैन ।
५. कामुक पुस्तक र फिल्मबाट टाढा रहने साथै धेरै हस्तमैथुन नगर्ने ।
६. भिटामिन बीयुक्त खानेकुरा खाने गर्दा पनि स्वप्नदोष हट्छ ।
७. ६ ग्राम प्याजको रसमा गाईको घ्यु र मह फिटेर खादा पनि स्वप्नदोषबाट मुक्ति पाइन्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ७ : ५१ बजे

‘जेरी अन टप’ले मनायो ५१औँ दिन

काठमाडौं– चलचित्र ‘जेरी अन टप’ले शनिबार प्रदर्शनको ५१औँ दिन पूरा

बुवाको शोकमा रहेका बालेनलाई भेटेर फर्किइन् प्रधानमन्त्री

काठमाडौं- बुवा रामनारायण साहको निधनपछि शोकमा रहेका काठमाडौं महानगरपालिकाका मेयर

श्रीलङ्कामा ७५ हजार भन्दा बढी घर क्षतिग्रस्त, राहत कार्य तीव्र

कोलम्बो– श्रीलङ्का सरकारले आइतबार नयाँ चेतावनी जारी गरेको छ ।

खजुरीको पफमा भेटियो अखाद्य वस्तु, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारबाट सबै खजुरीको

प्रचण्डका कार्यकर्ताको असहिष्णु व्यवहार, जनार्दनले गृहजिल्ला टेक्दा देखाए कालोझण्डा

काठमाडौं- रुकुम पश्चिममा नयाँ राजनीतिक समीकरणले तनावको अवस्था ल्याउन थालेको