भाइमसलामा हुनसक्छ कलेजो विगार्ने टक्सिन | Khabarhub Khabarhub

भाइमसलामा हुनसक्छ कलेजो विगार्ने टक्सिन


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दू नेपालीहरुको दोस्रो ठूलो चाड तिहार चलिरहेको छ ।

तिहारको विशेष दिन भाइटिका हो । भाइटिकाको दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टिका लगाउने, मखमली तथा सयपत्री माला लगाउने र मीठामीठा परिकार खुवाउने चलन रहेको छ ।

दशैंको मुख्य खाना मासु भएजस्तै तिहारमा सेलरोटी, विभिन्न किसिमका मिठाइ, भाइमसला, फलफूल खाने चलन रहेको छ ।

रप्तरंगी टिका र मखमली माला लगाएर दाजुभाइको दीर्घायुको कामना गर्दै खुवाइने भाइमसला र मिठाइ कस्तो छ ? टिकाको दिन तयार पारेका परिकारले तपाईका दाजुभाइलाई स्वास्थ्य राख्छ ? सप्तरंगी टिका र मालामा लगाएर दीर्घायुको कामना गर्दै दिइने परिकारले नै तपाईको दाजुभाइको स्वास्थ्यलाई असर त पारिरहेको छैन ?

पोषणविद् अतुल उपाध्यायका अनुसार धेरै दिदीबहिनीहरु दाजुभाइलाई मिठो खुवाउने नाममा दाजुभाइकै स्वास्थ्यलाई भने ख्याल गर्न विर्सन्छन् । जसले गर्दा तिहारकै खानपानले दाजुभाइको स्वास्थ्यमा तत्कालिन र दिर्घकालिन असर पुर्‍याउँछ ।

दाजुभाइलाई दिने भाइमसलामा ढुसी त छैन ?

तिहारमा टिका लगाएपछि खानाका परिकारमा दिने भाइमसला विशेष खाना हो । भाइमसलामा नरीवल, काजु, बदाम, ओखर, कटुस, पिस्ता, सुपारी, खजुर, छोकडा, किसमिस, चकलेटलगायतका परिकारहरु हुन्छन् ।

पोषणविद् उपाध्यायका अनुसार भाइमसलामा रहेका परिकारहरु प्राय फलफूल सुकाएर बनाइएका खानेकुरा नै हुन्छन् ।

ती परिकारमा भिटामिन, खनिज, क्यालोरी, आइरन, क्याल्सियम लगायतका स्वास्थ्यलाई आवश्यक पर्ने र फाइदा गर्ने पोषक तत्वहरु रहेको हुन्छ । त्यसैले पनि तिहारमा दाजुभाइलाई दिइने भाइमसलाले दाजुभाइको स्वास्थ्यलाई राम्रो गर्छ ।

‘भाइमसला फलफूल सुकाएर बनाइएको हुन्छ, काजु एउटा फल हो, किसमिस अंगुर सुकाएर बनाइएको हो, फलफुल भनेको भिटामिन र खनिज पदार्थको स्रोत हो,’ पोषणविद् उपाध्याय भन्छन्, ‘फलफूल सुकाउँदा त्यसमा भएको पानी सुक्छ, त्यस्ता फलफूल स्वास्थ्यका लागि लाभदायी हुन्छ । तिहारमा दाजुभाइलाई दिने भाइमसलाले दाजुभाइको स्वास्थ्यलाई फाइदा नै गर्छ । यस्तो भाइमसला तिहारमा मात्र होइन अन्य सयमयमा पनि खानुपर्छ ।’

स्वास्थ्य र गुणस्तरिय भाइमसलाले दाजुभाइको स्वास्थ्यलाई फाइदा गर्छ । तर बजारमा गुणस्तरहिन भाइमसलाहरु रहेको पोषणविद् उपाध्यायको भनाइ छ । भाइमसलालाई राम्रोसँग भण्डारण नगर्दा त्यसमा ढुसी आएको हुनसक्ने र ढुसी आएको भाइमसलाले स्वास्थ्यमा असर पर्ने उनको भनाइ छ ।

‘फलफुललाई राम्रोसँग सुकाएर, राम्रो प्रविधि प्रयोग गरेर भण्डार गरिएको छैन भने भाइमसलामा ढुसी लागेको हुनसक्छ, ढुसी लागेकाले त्यसमा टक्सीन पनि हुनसक्ने सम्भावना हुन्छ,’ पोषणविद् उपाध्याय भन्छन्, ‘तसर्थ हामीले बजारबाट भाइमसला किन्दा ढुसी नआएको राम्रो खालको किन्नुपर्छ ।’

कसरी चिन्ने गुणस्तरिय भाइमसला ?

भाइमसला प्राय प्याकेटमा आएको हुन्छ । प्याकेट भित्र रहेको भाइमसला फोड्दा मात्रै त्यसमा ढुसी आएको थाहा पाइन्छ ।
पोषणविद् उपाध्यायका अनुसार भाइमसलामा राख्ने सबै प्रकारका ढुसी हाम्रो आँखाले देख्न सकिदैन । आँखाले देख्न नसकेपनि ढुसी आएको वा विग्रिएको भाइमसला चिन्न भने सकिन्छ ।

‘बजारमा पाइने भाइमसला कस्तो छ भनेर चिन्न सकिन्छ, बदाम, ओखरको भित्री भागमा कालोकालो छ भने त्यसमा ढुसी आएर टक्सिन उत्पादन भएको हुनसक्छ, ढुसी आएको भाइमसला धेरै खाएमा कलेजको सम्बन्धि रोग लाग्नसक्छ,’ पोषणविद् उपाध्यायले भने, ‘भाइमसला पोषणको राम्रो स्रोत हो तर यसमा हुने ढुसी र टक्सिनले भने असर पर्छ । त्यसैले भाइमसला किन्दा प्याकेटभित्र सबैकुरा भएको भन्दा पनि खुद्राबाट किन्दा राम्रो हेरेर किन्न सकिन्छ ।’

भाइमसला एकै दिन नखानु

तिहारको दिन भाइटिका लगाएपछि दिदीबहिनीहरुले भाइमसलासँगै अन्य परिकारहरु पनि दिन्छन् । अन्य मिठाइ र पकाएर बनाएका परिकारहरु राख्दा विग्रन सक्ने भएपनि भाइमसलाको अर्को फाइदा छ ।

त्यसलाई सुरक्षित तरिकाले राखेर पछिसम्म पनि खान मिल्छ । यस्तै भाइटिकाकै दिन धेरै परिकार खाँदा स्वास्थ्यलाई फाइदा पनि गर्दैन । दिदीबहीनीले तिहारमा दिएको भाइमसला एकै दिन नखान पोषणविद् उपाध्यायको सुझाव छ ।

‘भाइमसला स्वास्थ्यका लागि फाइदा हुने भएपनि एकैपटक धेरै खानु विष सेवन गर्नुजस्तै हो,’ पोषणविद् उपाध्याय भन्छन्, ‘भाइमसला सञ्चय गरेर राख्न सकिन्छ, केहीदिन राखेर खानुस् भन्न चाहन्छु ।’

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ८ : ०८ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको