काठमाडौं– सुनसरीको इटहरीस्थित मुख्य चोकमा गुडिरहेको कारमा अचानक आगलागी भएको छ ।
पाँच जना सवार उक्त पेट्रोल कारमा सोमबार बिहान विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।
आगो तीव्र रूपमा फैलिँदा कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ । गाडी ध्वस्त भएपनि सवार पाँच जना सकुशल छन् ।
तस्बिर : पवन सिग्देल/नेपाल फोटो लाइब्रेरी

















प्रतिक्रिया