टेनिस खेल्दाखेल्दै राप्रपा अध्यक्ष थापाको पिडौला फर्किएपछि… « Khabarhub

टेनिस खेल्दाखेल्दै राप्रपा अध्यक्ष थापाको पिडौला फर्किएपछि…


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस खेलिरहेको समयमा उनको पिँडौला र तिघ्राको मांसपेशीमा एक्कासी गम्भीर समस्या देखिएको छ ।

चीनको सेन्जेन शहरमा भएको आइटिएफ सेन्जेन अन्तराष्ट्रिय सिनियर सर्किटको दोस्रो खेलमा अध्यक्ष थापाको मांशपेसीमा समस्या देखिएको हो ।

खेलमा अग्रता लिइरहेकै भए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनले बीचमै खेल छाडेका थिए ।

पिँडौलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि उनले खेल छाडेका थिए । पहिलो दुई सेट २ घण्टा ३५ मिनेट लामो समयसम्म चलेको थियो ।

उनले भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३–० ले जितिरहेको अवस्थामा मांसपेशीमा समस्या देखिएको थियो ।

सो सेट ६–३ मा गुमाएका थापाले रिटायर्ड हर्ट भएर तेस्रो सेट खेल्न सक्ने अवस्था नभएपछि खेल बीचमै छाडेका थिए । अध्यक्ष थापा टेनिसका राम्रा खेलाडी हुन्

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ८ : २७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको