टेनिस खेल्दाखेल्दै राप्रपा अध्यक्ष थापाको पिडौला फर्किएपछि… « Khabarhub

टेनिस खेल्दाखेल्दै राप्रपा अध्यक्ष थापाको पिडौला फर्किएपछि…


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा टेनिस खेलिरहेको समयमा उनको पिँडौला र तिघ्राको मांसपेशीमा एक्कासी गम्भीर समस्या देखिएको छ ।

चीनको सेन्जेन शहरमा भएको आइटिएफ सेन्जेन अन्तराष्ट्रिय सिनियर सर्किटको दोस्रो खेलमा अध्यक्ष थापाको मांशपेसीमा समस्या देखिएको हो ।

खेलमा अग्रता लिइरहेकै भए पनि स्वास्थ्यमा समस्या देखिएपछि उनले बीचमै खेल छाडेका थिए ।

पिँडौलाबाट शुरु भएको समस्या तिघ्रा हुँदै ढाड र अन्य ठाउँमा पनि फैलिन थालेपछि उनले खेल छाडेका थिए । पहिलो दुई सेट २ घण्टा ३५ मिनेट लामो समयसम्म चलेको थियो ।

उनले भारतका अभिजित भारद्वाजलाई पहिलो सेटमा जितेपछि दोस्रो सेटमा ३–० ले जितिरहेको अवस्थामा मांसपेशीमा समस्या देखिएको थियो ।

सो सेट ६–३ मा गुमाएका थापाले रिटायर्ड हर्ट भएर तेस्रो सेट खेल्न सक्ने अवस्था नभएपछि खेल बीचमै छाडेका थिए । अध्यक्ष थापा टेनिसका राम्रा खेलाडी हुन्

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ८ : २७ बजे

इरान युद्ध नयाँ चरणमा प्रवेश गर्न सक्ने जोनसनको संकेत

 एजेन्सी– अमेरिकी प्रतिनिधिसभाका सभामुख माइक जोनसनले इरानसँग जारी द्वन्द्व चाँडै नयाँ

गरिमा प्रकरणले तात्यो संसद् : सालिक ठड्याएर न्याय हुँदैन, जघन्य अपराधमा मृत्युदण्ड देऊ

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीको

नाटक ‘वीर गणेशमान’ भदौं १४ बाट मञ्चन हुने

काठमाडौं – नाटक ‘वीर गणेशमान’ भदौ १४ बाट काठमाडौंको कालिकास्थानस्थित

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझा

काठमाडौं– पर्यटन क्षेत्रका सरोकारवालाले प्रस्तावित पर्यटन विधेयकमा आरोहीको सुरक्षा, बीमा, उद्धार

बाबुरामको गुनासो : धर्मनिरपेक्षताको कुरा गर्दा ‘हिन्दूविरोधी’ भनेर घृणा फैल्याए

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही स्वार्थप्रेरित व्यक्ति तथा समूहले