मोदीलाई हवाई रुट प्रयोग गर्न दिन पाकिस्तानद्वारा अस्वीकार « Khabarhub

मोदीलाई हवाई रुट प्रयोग गर्न दिन पाकिस्तानद्वारा अस्वीकार


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणका क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रहलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

भारतले प्रधानन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणका लागि पाकिस्तानसँग उसको हवाई क्षेत्र प्रयोगका लागि अनुमति मागेको थियो ।
आइतवार पाकिस्तानी विदेश मन्त्री शाह महमद कुरेशीले भारतको अनुरोध खारेज गरिएको बताए ।

कुरेशीले यसबारे पाकिस्थानस्थित भारतीय दूतावासलाई सूचना दिइएको जनाएका छन् ।

पछिल्लो दुई महिनामा यो दोस्रो पटक भएको हो जब पाकिस्तानले प्रधानमन्त्री मोदीको भ्रमणका लागि आफ्नो हवाई क्षेत्रको अनुमति दिएन ।

यसअघि भारतले २० सेप्टेम्बरमा पाकिस्तानसँग मोदीको जर्मनी यात्राका लागि पाकिस्तानी हवाई क्षेत्र प्रयोगको अनुमति मागिएको थियो, त्यतिबेला पनि पाकिस्तानले अनुमति दिन इन्कार गरेको थियो ।

पाकिस्तानले इन्कार गरेसँगै सोमबार प्रधानन्त्री मोदीलाई एयर इन्डियाको विमानबाट साउदी पुग्नका लागि लामो यात्रा गर्नुपर्ने भएको हो ।

मोदी साउदी अरब पब्लिक इन्भेस्टमेन्ट फन्डको तर्फबाट आयोजित इन्वेस्टमेन्ट समिटमा सहभागी हुन जान लागेका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ८ : ३८ बजे

विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेको

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी,  विश्वप्रकाश सानेपा जाँदै

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठक सानेपामा

कुमारी बैंकको २५ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको २५ औँ वार्षिक साधारण सभा काठमाडौंको

काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट चुनावी अभियान सुरु

इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह

एजेन्सी– इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु