मोदीलाई हवाई रुट प्रयोग गर्न दिन पाकिस्तानद्वारा अस्वीकार « Khabarhub

मोदीलाई हवाई रुट प्रयोग गर्न दिन पाकिस्तानद्वारा अस्वीकार


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणका क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न दिन भारतले गरेको आग्रहलाई पाकिस्तानले अस्वीकार गरेको छ ।

भारतले प्रधानन्त्री नरेन्द्र मोदीको साउदी अरब भ्रमणका लागि पाकिस्तानसँग उसको हवाई क्षेत्र प्रयोगका लागि अनुमति मागेको थियो ।
आइतवार पाकिस्तानी विदेश मन्त्री शाह महमद कुरेशीले भारतको अनुरोध खारेज गरिएको बताए ।

कुरेशीले यसबारे पाकिस्थानस्थित भारतीय दूतावासलाई सूचना दिइएको जनाएका छन् ।

पछिल्लो दुई महिनामा यो दोस्रो पटक भएको हो जब पाकिस्तानले प्रधानमन्त्री मोदीको भ्रमणका लागि आफ्नो हवाई क्षेत्रको अनुमति दिएन ।

यसअघि भारतले २० सेप्टेम्बरमा पाकिस्तानसँग मोदीको जर्मनी यात्राका लागि पाकिस्तानी हवाई क्षेत्र प्रयोगको अनुमति मागिएको थियो, त्यतिबेला पनि पाकिस्तानले अनुमति दिन इन्कार गरेको थियो ।

पाकिस्तानले इन्कार गरेसँगै सोमबार प्रधानन्त्री मोदीलाई एयर इन्डियाको विमानबाट साउदी पुग्नका लागि लामो यात्रा गर्नुपर्ने भएको हो ।

मोदी साउदी अरब पब्लिक इन्भेस्टमेन्ट फन्डको तर्फबाट आयोजित इन्वेस्टमेन्ट समिटमा सहभागी हुन जान लागेका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ८ : ३८ बजे

स्वास्थ्य नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता : स्वास्थ्यमन्त्री मेहता 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले नेपालको संविधानले स्वास्थ्यलाई

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौं– सरकारले नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदमा कार्यकारी

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा भट्ट नियुक्त

काठमाडौं– सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित

जेनेभा– आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम