झिलीमिली बत्ती जडान गर्ने क्रममा एक जनाको मृत्यु | Khabarhub Khabarhub

झिलीमिली बत्ती जडान गर्ने क्रममा एक जनाको मृत्यु


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा–दीपावली पर्वको तयारीमा सावधानी नअपनाइदा एक किशोरको मृत्यु भएको छ ।

लक्ष्मीपूजाका अवसरमा आइतबार साँझ झिलीमिली बत्तीको तार जडान गर्ने क्रममा रामगोपालपुर नगरपालिका–८ टिकुलिया बजारमा प्रवाह भएको विद्युतको झट्काले धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–२१ निवासी १५ वर्षीय किशोर खगेन्द्र साहको मृत्यु भएको महोत्तरी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिकुलिया बजारस्थित जयमहाराजा ज्वेलर्स (सुनचाँदी पसल) मा झिलीमिली बत्ती जडान गर्ने क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

उक्त बत्ती जडान गर्ने क्रममा मुख्यपोलको तारबाट प्रवाह भएको विद्युतीय झट्काले साहको घटनास्थलमै मृत्यु भएको थियो । प्रहरीले शवपरीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा पठाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ८ : ५३ बजे

झापा इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं – झापा इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका नाममा

प्रि-आइपीओको नाममा पैसा उठाउनेलाई कारबाही हुन्छ : धितोपत्र बोर्ड

काठमाडौं – सार्वजनिक निष्काशन नभएका कम्पनीको प्रि-आइपीओको नाममा ह्वाटएप, भाइवर,

२३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

काठमाडौं – सरकारले सेवा प्रवाह सहज बनाउन २३ जिल्लामा नयाँ

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा