निजगढ विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्ने « Khabarhub

निजगढ विमानस्थलका लागि एक लाख २० हजार रुख काटे पुग्ने


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

निजगढ – निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि बढीमा एक २० बीस हजार मात्र रुख काटे पुग्ने भएको छ ।

विमानस्थल निर्माणस्थलमा काटिने रुखको विषयलाई लिएर पछिल्लो समय बाहिरिएका हल्लाले विमानस्थललाई अन्तरराष्ट्रियरूपमै विवादित बनाइरहेका बेला आयोजनाले यस्तो बताएको हो ।

न्यून सङ्ख्यामा मात्रै रुखको क्षति हुने गरी विमानस्थल निर्माण गर्न सकिने आयोजना प्रमुख ओम शर्माले बताए । आयोजना प्रमुख शर्माले वातावरणलाई ठूलो प्रभाव नपर्ने गरी विमानस्थल निर्माण गर्न सकिने बताए । दुई धावनमार्गसहितको विमानस्थल निर्माणका लागि एक लाख २० हजार मात्र रुख काट्दा पुग्ने शर्माले बताए ।

अन्तरराष्ट्रिय मापदण्ड बमोजिमका दुई धावनमार्ग र अन्य आवश्यक पूर्वाधार निर्माणका लागि बढीमा एक लाख २० हजार मात्र रुख काटे पुग्ने उनले बताए । विमानस्थल निर्माण गर्न आवश्यक दुई हजार ३५० हेक्टर क्षेत्रफलमध्ये एक हजार ६५० हेक्टर क्षेत्रफल मात्र वन क्षेत्र भएको र बाहिर आएको हल्लाजस्तो जङ्गल नै सखाप पार्ने गरी रुख काट्नुनपर्ने शर्माले बताए ।

पूर्वपश्चीम राजमार्गको पसाह खोलादेखि पूर्व बकैयासम्मको वन क्षेत्रलाई १२ भागमा विभाजन गरी सो क्षेत्रमा रहेको रुख र त्यसका प्रजातिहरुको समेत अध्ययन गरिएको आयोजनाले जनाएको छ ।

साथै हाल संशोधित नियमावलीअनुसार एक रुख काटे बराबर १० रुख रोप्नुपर्ने आयोजनाले जनाएको छ । यसरी वृक्षरोपण गर्दा प्रतिहेक्टर ७०० रुख रोप्ने र जसका लागि कूल एक हजार ८५० हेक्टर क्षेत्रफल खाली जमीन आवश्यक पर्ने आयोजनाले जनाएको छ ।

यसरी वृक्षरोपणका लागि प्रदेश २ को बारा, पर्सा, रौतहट, सर्लाही र प्रदेश नं ३ को मकवानपुरका केही खाली स्थानहरुको पहिचानसमेत भइसकेको आयोजना प्रमुख शर्माले जानकारी दिए ।

जीतपुर सिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाका बासिन्दाले भने विमानस्थल पूरा हुनुअघि नै आफूहरुको बासस्थानको टुङ्गो लगाउन माग गरेका छन् । टाँगिया बस्तीमा एक हजार ४७६ परिवारको बसोबास रहेको छ । टाँगिया बस्तीमा विसं २०३१ देखी बस्ती बसेको हो । अन्तरराष्ट्रिय विमानस्थल निर्माणको काम शुरु हुनुअघि नै आफूहरुको बस्तीको टुङ्गो लगाउनुपर्ने टाँगिया बस्ती सरोकार समितिका संयोजक रमेश सापकोटाले बताए ।

आफ्नो बस्तीको बारेमा उचित स्थानान्तरणको प्रक्रिया टुङ्गो नलागी विमानस्थल शिलान्यास हुन नदिने अडानमा टाँगियावासी रहेका छन् । विमानस्थल निर्माण हुने पक्कापक्की भइसक्दासमेत सरकारले बस्ती स्थानान्तरणको विषयमा नसोचेको भन्दै स्थानीय चिन्तित भएका छन् । सरकारले सबैभन्दा पहिला बस्ती स्थानान्तरणको विषय टुङ्गो लगाउनुपर्ने टाँगिया बस्ती सरोकार समितिका सल्लाहाकार डोरबहादुर बुढाथोकीले बताए ।

टाँगियाका बासिन्दाले आफूहरु विमानस्थल निर्माणको विरोधी नभएको तर आफूहरुको उचित व्यस्थापनको माग गर्दै आएका बताएका छन् । टाँगियावासीको समस्या र मागका विषयमा स्थानीय सरकार गम्भीर रहेको जितपुर सिमरा उपमहानगर पासलका–१६ का अध्यक्ष केदार बजगाईँले बताए । विमानस्थल आयोजना प्रमुख शर्माले स्थानीय सरकारको सहजीकरणमा बस्ती स्थानन्तरका लागि उपयुक्त ठाउँ छनोट गरिने र सकभर छिटो स्थानान्तरणको प्रक्रिया टुङ्गो लगाइने बताए।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ९ : २९ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी