‘कन्ट्रोल रुम’मा कुलमान खट्दा लक्ष्मीपूजामा घरघरमा झिलिमिली ! « Khabarhub

‘कन्ट्रोल रुम’मा कुलमान खट्दा लक्ष्मीपूजामा घरघरमा झिलिमिली !


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग हुने भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ त्यसको व्यवस्थापनका लागि खटिए ।

आइतवार हिन्दू नेपालीले लक्ष्मी पूजा गरे । लक्ष्मी पूजाको समयमा वत्तिको बढी प्रयोग हुने भएपछि कुलमान विद्युतको माग र आपूर्तिका व्यवस्थापनका लागि स्यूचाटारस्थित भारप्रेषण केन्द्रको कन्ट्रोल रुपमा खटिएका थिए । उनीसहित प्राधिकरणका अन्य उच्च अधिकारीहरु पनि थिए ।

यस वर्षको लक्ष्मीपूजाको दिन विद्युत उच्च माग(पिक डिमाण्ड) १०८९ पुगेको छ । यो गतवर्षको तुलनामा १६ मेगावाट कम हो ।
अघिल्लो वर्षको लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड ११०५ मेगावाट थियो । गएको आर्थिक वर्षभरिको पिक डिमाण्ड १३२० मेगावाट थियो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतको चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताहरुले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्ब लगायतका विद्युतीय उपकरणहरु, गत वर्षभन्दा यस वर्ष तिहार अघि परेकाले पिक डिमाण्ड नबढेको बताए ।

‘लक्ष्मीपूजाको दिन अधिकतम माग करिब १४ सय मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्तिको जोहो गरेका थियौँ, उपभोक्तालाई पनि प्रशस्त विद्युत भएकाले ढुक्क भएर बत्ति बाल्न आग्रह गरेका थियौँ,’, उनले भने, ‘विगतमा लोडसेडिङ हुँदा माग र आपूर्तिको विवरण नै तोडमोड गरी त्यसैमा खेलिंँदो रहेछ, अहिले देखिएको वास्तविक डिमाण्ड हो ।’

प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतमा चलाइएको अभियान परिणामस्वरुप अब वास्तविक डिमाण्डदेखि विद्युत् आपूर्ति विश्वसनीय र भरपर्दो हुन थालेको उनले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १० : २४ बजे

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका

म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी– एक वर्षको अवधिमा म्याग्दीबाट ७३ करोड मूल्यबराबरको आलु र

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

भोजपुर– भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ ।

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली– जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या  बढेको