‘कन्ट्रोल रुम’मा कुलमान खट्दा लक्ष्मीपूजामा घरघरमा झिलिमिली ! | Khabarhub Khabarhub

‘कन्ट्रोल रुम’मा कुलमान खट्दा लक्ष्मीपूजामा घरघरमा झिलिमिली !


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लक्ष्मीपूजाको दिन विद्युतको उच्च माग हुने भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ त्यसको व्यवस्थापनका लागि खटिए ।

आइतवार हिन्दू नेपालीले लक्ष्मी पूजा गरे । लक्ष्मी पूजाको समयमा वत्तिको बढी प्रयोग हुने भएपछि कुलमान विद्युतको माग र आपूर्तिका व्यवस्थापनका लागि स्यूचाटारस्थित भारप्रेषण केन्द्रको कन्ट्रोल रुपमा खटिएका थिए । उनीसहित प्राधिकरणका अन्य उच्च अधिकारीहरु पनि थिए ।

यस वर्षको लक्ष्मीपूजाको दिन विद्युत उच्च माग(पिक डिमाण्ड) १०८९ पुगेको छ । यो गतवर्षको तुलनामा १६ मेगावाट कम हो ।
अघिल्लो वर्षको लक्ष्मीपूजाको दिनको पिक डिमाण्ड ११०५ मेगावाट थियो । गएको आर्थिक वर्षभरिको पिक डिमाण्ड १३२० मेगावाट थियो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युतको चुहावट नियन्त्रणमा चालिएका कदम, उपभोक्ताहरुले प्रयोगमा ल्याएका ऊर्जा कम खपत गर्ने बल्ब लगायतका विद्युतीय उपकरणहरु, गत वर्षभन्दा यस वर्ष तिहार अघि परेकाले पिक डिमाण्ड नबढेको बताए ।

‘लक्ष्मीपूजाको दिन अधिकतम माग करिब १४ सय मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्तिको जोहो गरेका थियौँ, उपभोक्तालाई पनि प्रशस्त विद्युत भएकाले ढुक्क भएर बत्ति बाल्न आग्रह गरेका थियौँ,’, उनले भने, ‘विगतमा लोडसेडिङ हुँदा माग र आपूर्तिको विवरण नै तोडमोड गरी त्यसैमा खेलिंँदो रहेछ, अहिले देखिएको वास्तविक डिमाण्ड हो ।’

प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतमा चलाइएको अभियान परिणामस्वरुप अब वास्तविक डिमाण्डदेखि विद्युत् आपूर्ति विश्वसनीय र भरपर्दो हुन थालेको उनले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १० : २४ बजे

दुई इरानी सेन्ट्रिफ्युज उत्पादन स्थल ध्वस्त : आईएईए

एजेन्सी– इरानको आणविक कार्यक्रमका लागि सेन्ट्रिफ्युज कम्पोनेन्टहरूको निर्माण स्थल रहेका

पार्टीमा देखिएका समस्याको समाधान निकाल्न नेतृत्व सक्षम छ : उपाध्यक्ष पौडेल

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व संकलन

रसुवा– रसुवा भन्सार नाका हुँदै छिमेकी मुलुक चीनबाट आयात भएका

भिजिट भिसाको विषय कुनै दल र नेताप्रति लक्षित छैन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणको विषय

पञ्चमी बजारमा रोपिएको नवीन सपना, ‘ऊनको स्वीटर’मा साकार

काठमाडौं – नवीनको जन्म वि‍.सं २०५० सालमा पाँचथरको फाल्गुनन्द गाउँपालिकास्थित