बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डको ‘वान टु वान’ वार्ता « Khabarhub

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डको ‘वान टु वान’ वार्ता


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि प्रचण्डलाई बालुवाटार बोलाएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पार्टी एकीकरण र आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने सम्बन्धमा भएको भद्र समझदारीको विषयलाई लिएर दूरी बढेको समाचार सार्वजनिक भइरहेका थिए ।

यद्यपि, अजरबैजानको बाकुबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुबीच कुनै पनि प्रकारको दूरी नरहेको बताएका थिए ।

आइतबार नै भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारका कामप्रति भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चीर्ने अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

सोमबार बिहान भएको भेटमा दुई नेताबीच पार्टी एकीकरण प्रक्रियाका बाँकी काम, आसन्न उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।

ओली र प्रचण्डबीच एक्लाएक्लै ‘वान टु वान’ बार्ता भएको जनाइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ११ : १७ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र