श्रीमान श्रीमतीमाथि जासुसी गर्ने एपको प्रयोग बढ्दो « Khabarhub

श्रीमान श्रीमतीमाथि जासुसी गर्ने एपको प्रयोग बढ्दो


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– श्रीमान वा श्रीमतीको मोबाइल वा कम्प्युटरमा गोप्य रूपमा राखेर जासुसी गर्न प्रयोग गरिने सफ्टवेअरको प्रयोग बढ्न थालेको छ । स्टकरवेअर वा स्पाउजवेअर भनिने यस्ता शक्तिशाली जासुसी एप वा सफ्टवेअरहरू इन्टरनेटमा खुलेआम किन्न पाइन्छ।

एकपटक कुनै मोबाइल वा कम्प्युटरमा राखेपछि यस्ता स्टकरवेअरमार्फत सबै एसएमएस पढ्न, नियमितरूपमा स्क्रिनको तस्बिर खिच्न, फोन भएको स्थान पत्ता लगाउन र क्यामरामार्फत प्रत्यक्ष भिडिओ हेर्न सकिन्छ ।

साइबर सुरक्षा कम्पनी क्यास्पर्स्कीका अनुसार गएको वर्षमा अघिल्लो वर्षभन्दा ३५ प्रतिशत धेरै मानिसले आफ्नो उपकरणमा स्टकरवेअर राखेको भेट्टिएको छ । क्यास्पर्स्कीको प्रविधिले यो वर्ष ३७ हजार पाँच सय ३२ उपकरणमा स्टकरवेअर भएको पत्ता लगाएको बीबीसीले जनाएको छ ।

मुख्य सुरक्षा अध्ययनकर्ता डेभिड इम, सो सङ्ख्या खासमा ‘ठूलो पहाडको एउटा सानो टुप्पो’ मात्रै भएको भन्दै यसको वास्तविक सङ्ख्या निकै धेरै हुन सक्ने ठान्छन् ।

नछोड्नुहोस्आफ्नो मोबाइल नछोड्नुहोस् किनभने स्टकरवेअर राख्दा फोन चाहिन्छश्रीमान वा श्रीमतीले आफूमाथि स्टकरवेअर प्रयोग गरेर जासुसी गरेको थाहा पाएमा त्यसले मानसिक समस्या ल्याउने बताइन्छ।

सेफर प्लेसकी जेम्मा ट्वेन्टन भन्छिन्: “यसले मानिसको विश्वास गर्ने क्षमता कम गर्छ। उनीहरूले उपकरणलाई सहयोगी वस्तुभन्दा पनि हतियारका रूपमा देख्छन्।”

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १ : २४ बजे

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ

किसानलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले यहाँका किसानलाई ९२