लक्ष्मी पूजा गरेको मैनबत्तीबाट आगो लाग्दा १ करोड २० लाखको क्षति « Khabarhub

लक्ष्मी पूजा गरेको मैनबत्तीबाट आगो लाग्दा १ करोड २० लाखको क्षति


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयरपुर– आइतबार राति  लक्ष्मी पूजाको समयमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकमा रहेको सीताराम कार्कीको घरको भुइँतलाको एक कपडा पसलमा मैनबत्तीबाट आगलागी हुँदा १ करोड २० लाख बराबरको क्षति भएको छ ।

रातिको समयमा लक्ष्मी पूजा गरी मैनबत्ती बालेर कपडा पसलमा छाडेको कारण मैनबत्तीबाट कोठमा आगो सल्केर कपडा पसलमा रहेका सम्पूर्ण कपडा जलेर नष्ट भएको पीडितहरुले बताएका छन् ।

पीडितहरु खेम नेपाल, मोहनबहादुर कार्की र नारायणबहादुर पाण्डेको उक्त संयुक्त कपडा पसलमा राति ९ बजेतिर लक्ष्मीपूजा गरेर कोठाको एक छेउको लक्ष्मीको तस्बीर छेउमा अगरबत्ती र मैनबत्ती बालेर छाडेको र सोही कारण आगलागी भएको हुनसक्ने पीडीत नारायण पाण्डेले बताए ।

यता जिल्ला प्रहरी उदयपुरका अनुसार रात्रिको समयमा पसल सञ्चालकहरुले मैनबत्ती बालेर छाडेर गल्ती गरेकोले आगलागी भएको तर रातिको १ बजेको समयमा प्रहरीको गस्ती टोलीले सो पसलमा आगलागी भएको थाहा पाएपछि प्रहरीको टोलीले तत्कालै घटना स्थानमा आएर बिहानको ३ बजे आगो नियनत्रणमा लिएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बूढामगरले बताए ।

उक्त पसलमा १ करोड २० लाख बराबरका विभिन्न आइटमका कपडाहरु रहेको र ति सबै जलेर खरानी भएको पाइएको पनि पीडीतहरुले बताएका छन् । तर प्रहरीले भने बढीमा ८० लाखसम्मको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  २ : २० बजे

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको

कर्णाली प्रदेशसभा बैठक : हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने संकल्पपत्र पारित

कर्णाली– कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न ६

सांस्कृतिक विविधताबीचको एकताले  राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नेपाली

मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै

काठमाडौँ– मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै छन्