मोटरसाइकल दुर्घटनामा परेर सप्तरीमा १ जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा परेर सप्तरीमा १ जनाको मृत्यु


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ नयाँ बजार वस्ने असर्फी शर्माको ३५ बर्षीय छोरा राजेश शर्मा रहेको प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ५२७ नम्बरको मोटरसाइकल सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा दुर्घटना भएको थियो ।

सोही मोटरसाइकल दुर्घटनामा परी चालक सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलिया बस्ने अंन्दाजी २६ बर्षीय दिपेशकुमार गोजेवार घाइते भएका छन् । दुर्घटनामा परी उनको टाउको फुटेको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ ।

उनलाई उपचारका लागि स्थानीय पोली क्लिनिक फत्तेपुरमा भर्ना गरिएको छ । मोटरसाइकललाई प्रहरी चौकी फत्तेपुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १ : ५५ बजे

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको

कर्णाली प्रदेशसभा बैठक : हिमाली जिल्लाको नियमित हवाई उडान गर्ने संकल्पपत्र पारित

कर्णाली– कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न ६

सांस्कृतिक विविधताबीचको एकताले  राष्ट्रियतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबीचको एकताले नेपाली

मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै

काठमाडौँ– मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै छन्