मोटरसाइकल दुर्घटनामा परेर सप्तरीमा १ जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा परेर सप्तरीमा १ जनाको मृत्यु


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–१ नयाँ बजार वस्ने असर्फी शर्माको ३५ बर्षीय छोरा राजेश शर्मा रहेको प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ५२७ नम्बरको मोटरसाइकल सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा दुर्घटना भएको थियो ।

सोही मोटरसाइकल दुर्घटनामा परी चालक सप्तरीको कञ्चनरुप नगरपालिका–११ ठेलिया बस्ने अंन्दाजी २६ बर्षीय दिपेशकुमार गोजेवार घाइते भएका छन् । दुर्घटनामा परी उनको टाउको फुटेको छ भने शरीरका विभिन्न भागमा चोट लागेको छ ।

उनलाई उपचारका लागि स्थानीय पोली क्लिनिक फत्तेपुरमा भर्ना गरिएको छ । मोटरसाइकललाई प्रहरी चौकी फत्तेपुरले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै