सामाजिक सञ्जालमा भाइरल बन्दै छ मोटरबाइक चलाउने यो कुकुर « Khabarhub

सामाजिक सञ्जालमा भाइरल बन्दै छ मोटरबाइक चलाउने यो कुकुर


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा अहिले तिहार चलिरहेको छ । तिहार जीवजन्तुको पूजा गरिने पर्वका रुपमा पनि चिनिन्छ । तिहारमा कागसहित घरपालुवा जनावर कुकुर, गाई र गोरुको पूजा हुन्छ ।

आइतबार मात्रै हिन्दू धर्मावलम्बीहरुले कुकुरको पूजा गरेका छन् । मानवीय जीवनको अभिन्न मित्रका रुपमा चिनिने कुकर पछिल्लो समय भने मानिसले गर्नेजस्तै गतिविधिमा पनि सरिक हुन थालेको देखिन्छ ।

केही समय अगाडि एउटा कुकुर मोटरसाइकको पछाडि हेल्मेट लगाएर बसेको भन्दै सामाजिक सञ्जालमा तस्वीर भाइरल भएको थियो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘कुकुरले पनि ट्राफिक नियम पालना गरेको’ भनेर प्रसंसा गर्दै तस्वीर शेयर गरिरहेका थिए ।

कुकुर र मोटरबाइकसँग जोडिएको अर्को एउटा विषय पनि अहिले आएर सामाजिक सञ्जालमा फेरि भाइरल भइरहेको छ । यसपटक भने एउटा कुकुरले मज्जाले बाइक चलाइरहेको देखिन्छ ।

क्लारा स्जेबर्ग नामको ट्वीटर ह्याण्डलबाट शेयर भएको एउटा भिडियो अहिले भाइरल भइरहेको हो ।

उक्त भिडियोमा एउटा कुकुरले मोटरबाइक चलाइरहेको देखिन्छ । मोटरबाइकको पछाडि २ जना व्यक्ति हेल्मेट लगाएर बसिरहेका छन् । तर, कुकुर भने बिना हेल्मेट अगाडि बसेर बाइक चलाइरहेको छ ।

यस्तो दृश्य जो कसैका लागि अनौठो लाग्ने नै भयो । अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताले अनौठो लाग्ने उक्त दृश्य शेयर गर्दै उक्त भिडियो देखेर आश्चर्यमा परेको बताइरहेका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ३ : ५५ बजे

रविको स्वास्थ्य अवस्थाबारे के भन्छ टिचिङ अस्पताल ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको उपचारको

गुठी संस्थानविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं– गुठी संस्थानले निर्वाचन आचारसंहिताविपरीत श्री बौद्ध तथा मेलम्ची घ्याङ

डडेलधुरा पुगेर बालेन लेख्छन्- सुदूर अब दूर नाई…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह

कांग्रेसको चुनावी नीति : जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

एक तोला सुनको मूल्य तीन लाख अठार हजार आठ सय पुग्यो

काठमाडौं – स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको