तस्वीरमा हेर्नुहोस् सनि लियोनीको दीपावली « Khabarhub

तस्वीरमा हेर्नुहोस् सनि लियोनीको दीपावली


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दीपावली अर्थात् दीपको पर्व । दक्षिण एसियाका हिन्दूहरुको मुख्य पर्व दीपावलीमा अहिले अन्य धर्म तथा सम्प्रदायका व्यक्ति पनि सहभागिता बढ्दै गइरहेको छ ।

कलाकारदेखि राजनीतिक दलका नेताहरुले धार्मिक दायरलाई नाघ्दै दीपावलीलाई धार्मिक सहिष्णुता बढाउने पर्वका रुपमा चिनाउने प्रयास गरिरहेका हुन्छन् ।

नेपाल, भारत, पाकिस्तान, श्रीलंकासहित विश्वका विभिन्न देशमा रहेका हिन्दूहरुले धार्मिक विधिअनुसार मनाउने दीपावली पछिल्लो समय अन्य धर्म तथा समुदायका व्यक्तिका लागि पनि एक विशेष पर्व बन्दै गएको छ ।

चर्चित अभिनेतादेखि खेलाडी र राजनीतिक दलका नेताहरुले आफ्नो धर्मको दायरालाई नाघेर दीपावली मनाइरहेका हुन्छन् ।

एडल्ड फिल्म हुँदै बलिउड प्रवेश गरेकी अभिनेत्री सनि लियोनीले पनि धुमधामसँग दीपावली मनाएकी छन् ।

सनी लियोनीले दीपावली मनाएका तस्वीरहरु सामाजिक सञ्जालमार्फत शेयर गरेकी छन् ।

सनिका अतिरिक्त उनका पति डेनियल वेबर पनि तस्वीरमा छन् । सनि र डेनियलले आफ्नी छोरी निशासँग रमाइलो गरेर दीपावली मनाएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ४ : ३४ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि