गोरखामा लोपोन्मुख प्रजातिको सालक फेला | Khabarhub Khabarhub

गोरखामा लोपोन्मुख प्रजातिको सालक फेला


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा सोमबार लोपोन्मुख प्रजातिको सालक फेला परेको छ ।

फेला परेको सालक भारतीय प्रजातिको भएको डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए । नेपालमा भारतीय र चिनियाँ गरी दुई प्रजातिको सालक पाइने उनको भनाइ छ ।

“आज फेला परेको सालक तामे सालक हो । यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उनले भने । सालकको आहारा कमिला, धमिरालगायतका कीरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने बल्छौडीले बताए ।

लोपोन्मुख प्रजाति मानिने सालकको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी शिकार गर्ने गरेको पाइन्छ । यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने बल्छौडीले जानकारी दिए ।

नेपाली सेनाको रणसिंह दल गण गोरखाले उद्धार गरी डिभिजन वन कार्यालय गोरखामा बुझाएको सो सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक वनमा छाडिएको छ ।

नगरपालिकाको बोरकलोक फाँटको एक गोठमा फेला परेको सालकलाई उद्धार गरी डिभिजन वन कार्यालय गोरखालाई बुझाइएको गणपति उज्वल केसीले जानकारी दिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ९ : ०८ बजे

झापा इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं – झापा इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका नाममा

प्रि-आइपीओको नाममा पैसा उठाउनेलाई कारबाही हुन्छ : धितोपत्र बोर्ड

काठमाडौं – सार्वजनिक निष्काशन नभएका कम्पनीको प्रि-आइपीओको नाममा ह्वाटएप, भाइवर,

२३ वटा नयाँ इलाका प्रशासन कार्यालय खोल्ने गृहको तयारी

काठमाडौं – सरकारले सेवा प्रवाह सहज बनाउन २३ जिल्लामा नयाँ

म्याग्दीको नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा