गोरखामा लोपोन्मुख प्रजातिको सालक फेला « Khabarhub

गोरखामा लोपोन्मुख प्रजातिको सालक फेला


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा सोमबार लोपोन्मुख प्रजातिको सालक फेला परेको छ ।

फेला परेको सालक भारतीय प्रजातिको भएको डिभिजन वन कार्यालय गोरखाका सहायक वन अधिकृत होमबहादुर बल्छौडीले जानकारी दिए । नेपालमा भारतीय र चिनियाँ गरी दुई प्रजातिको सालक पाइने उनको भनाइ छ ।

“आज फेला परेको सालक तामे सालक हो । यसलाई पमासमेत भनेर चिन्ने गरिन्छ”, उनले भने । सालकको आहारा कमिला, धमिरालगायतका कीरा भएकाले उक्त सालक आहारको खोजीमा निस्किएको हुनसक्ने बल्छौडीले बताए ।

लोपोन्मुख प्रजाति मानिने सालकको अवैध सिकारसमेत हुने गरेको छ । सालकलाई मासु र त्यसको खपटाबाट क्यान्सर तथा दमको रोग निको हुने विश्वास गरिने भएकाले त्यसको बढी शिकार गर्ने गरेको पाइन्छ । यस प्रकारको प्रजाति समुद्र सतहदेखि एक हजारदेखि दुई हजार २०० मिटरसम्मको उचाइमा पाइने बल्छौडीले जानकारी दिए ।

नेपाली सेनाको रणसिंह दल गण गोरखाले उद्धार गरी डिभिजन वन कार्यालय गोरखामा बुझाएको सो सालकलाई गोरखा नगरपालिकाको देउरालीमा रहेको राजदेवी सामुदायिक वनमा छाडिएको छ ।

नगरपालिकाको बोरकलोक फाँटको एक गोठमा फेला परेको सालकलाई उद्धार गरी डिभिजन वन कार्यालय गोरखालाई बुझाइएको गणपति उज्वल केसीले जानकारी दिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ९ : ०८ बजे

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको