सुधार केन्द्रमा बस्दै आएका युवक मृत अवस्थामा फेला « Khabarhub

सुधार केन्द्रमा बस्दै आएका युवक मृत अवस्थामा फेला


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको व्यास नगरपालिका–१ रतौलीटारस्थित सुधार केन्द्रमा बस्दै आएका एक युवक आज मृतावस्थामा फेला परेका छन् ।

बन्दीपुर गाउँपालिका–१ डुम्रे घर भई लर्निङहोम फाउण्डेशन नेपालद्वारा सञ्चालित सुधार केन्द्रमा बस्दै आएका २२ वर्षीय नवीन गुरुङ देवघाट गाउँपालिका–३ साराङघाटस्थित सेती नदीको किनारमा मृतावस्थामा फेला परेका हुन् ।

स्थानीयवासीले नदी किनारमा मृतावस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । गुरुङको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।

फाउण्डेशनले लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना जगाउने काम गर्दै आइरहेको छ । गुरुङ विगत दुई महीनादेखि सोही सुधार केन्द्रमा बस्दै आएका थिए ।

कात्तिक ६ गते फाउण्डेशनबाट १२ युवा भागेपछि प्रहरीलाई खबर गरिएको थियो । अन्य ११ भने घर पुगे पनि गुरुङ घर नपुगेपछि प्रहरी र परिवारले उनको खोजी गरेको थियो ।

“त्यहाँबाट भागेका सबैको घरमा सोधपुछ गरेका थियौँ”, प्रहरी नायब उपरीक्षक लामिछानेले भने, “सबै जना घर पुगे पनि गुरुङ भने सम्पर्कविहीन भएका थिए”, प्रनाउ लामिछानेका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ९ : ३० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु