सोमबार पनि मनाइयो लक्ष्मीपूजा | Khabarhub Khabarhub

सोमबार पनि मनाइयो लक्ष्मीपूजा


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज पनि ऐश्वर्य, धनधान्य र सम्पन्नताकीदेवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ ।

आज बिहान ९ः४३ बजेसम्म औँसी तिथि थियो । धेरै मानिसले आइतबार साँझ नै लक्ष्मीपूजा गरेका थिए । केही समुदायले भने आज लक्ष्मीपूजा गरेका छन् । विशेषगरी नेवार समुदायका मानिसले लक्ष्मीपूजा, नेपाल संवत् (नयाँवर्ष) र आत्म (म्ह) पूजा एवं भाईटीका तीन दिन क्रमशः गर्ने परम्परा भएको तर्क गर्दै आज लक्ष्मीपूजा गरेका हुन् ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले वास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर धार्मिक विधिपूर्वक लक्ष्मी पूजा गरिएको हो । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भ¥याङलगायतका स्थानमा सरसफाइ गरी दीपावलीसमेत गरेपछि लक्ष्मी घरमा प्रवेश गर्ने विश्वास छ ।

आजको रातलाई सुखरात्री पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरिने पूजा कोठा वा ढुकुटीसम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो एवं अबीरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ । पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाई पूजा गरिने परम्परा छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित थालीमा अष्टदल लेखेर लक्ष्मीको प्रतिमा स्थापना गरेर गरगहना, पैसालाई पनि पूजा गरी फलफूल, सेलरोटी र फूलमाला चढाइएको छ ।

लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने गरिन्छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास समेत रहेको छ ।

घरका अलावा व्यापारिक प्रतिष्ठानमा आज विधिपूर्वक लक्ष्मीपूजा गरिएको छ । यसअघि गरिएको दीपावलीले काठमाडौँ उपत्यकालगायत प्रमुख शहर उज्यालोले झिलिमिली बनेको छ । उपत्यकामा दशैँको भन्दा बढी नै चहलपहल छ ।

आज साँझ युवतीहरु समूह बनाई घर घरमा भैलो खेल्छन् । भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले भलो होस् भनी घर–घरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए। “भलो होस् भन्ने शब्द अपभ्रंश भई समयक्रममा भैलो हुन आएको हो, सबैको भलो होस् भनी भैलो खेल्ने परम्परा बसेको हो”– उनले भने ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटीसमेत दिने गरिन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । देउसी भैलो भने भाईटीकाका दिनसम्म खेलिन्छ । यो चलन बलिराजाले चलाएको धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  ९ : ५० बजे

विद्युत् अभावमा जिल्ला अस्पतालको सेवा प्रभावित

सिमकोट– विद्युत् आपूर्ति नियमित नहुँदा जिल्ला अस्पतालको स्वास्थ्य सेवा प्रभावित

राप्ती नदीमा १०३ गोही छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३

पाँचवटा अध्यादेश संसद्‍मा पेश गरिँदै, भूमिसम्बन्धी संशोधन तत्काललाई रोकियो

काठमाडौं– सरकारले बुधबार बस्ने प्रतिनिधि सभाको बैठकमा ५ वटा अध्यादेश

टीकाथलीमा बोरिङ गर्दा निस्कियो ग्यास (तस्बिरहरू)

ललितपुर– ललितपुरको महलाक्ष्मी नगरपालिका-५ टीकाथलीमा जमिन खनेर पानी निकाल्ने क्रममा

नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन आवश्यक : राष्ट्रपति 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान