३ लाख ३९ हजार नगदसहित ९ जुवाडे पक्राउ | Khabarhub Khabarhub

३ लाख ३९ हजार नगदसहित ९ जुवाडे पक्राउ


११ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँके प्रहरीले रु तीन लाख ३९ हजार ४५० नगदसहित नौ जुवाडेलाई आज कोहलपुरबाट पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर डेण्टल अस्पताल रहेको भवनको तेस्रो तलामा जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले १ बजे जुवा खालबाट नगद र खेलमा प्रयोग भएको तास बरामद गरी जुवा खेलमा संलग्न नौ जना जनालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक शाहीले बताए । चाडपर्वमा हुने जुवा तास नियन्त्रणको लागि बाँकेमा प्रहरीले जुवाडेविरुद्धको अभियान सञ्चालन गरेको छ ।

पक्राउ परेका सबैलाई जुवा ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको प्रहरी नायब उपरीक्षक शाहीले बताउनुभयो । तिहारमा ठूला जुवाडे बढी सक्रिय हुने भएकाले त्यसविरुद्ध अभियान चलाइएको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार  १० : ३० बजे

२० लाखभन्दा बढी रकमसहित हुण्डी कारोबारी पक्राउ

काठमाडौं– काठमाडौं-२४ जुद्धसालिकबाट प्रहरीले २० लाख रुपैयाँभन्दा बढी रकमसहित एक

अहिंसा महोत्सव आगामी भदौमा 

काठमाडौं– नेपाल शाकाहारी सङ्घले करुणा, अहिंसा र पशु अधिकारको प्रवर्द्धन

विधायन व्यवस्थापन समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन

काठमाडौं– राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिले बालबालिकासम्बन्धी ऐन २०७५ मा रहेका

‘महाभोज’मा बचत ठगिएर ज्यान गुमाउने महिलाको भूमिकामै देखिँदैछिन् सहकारी पीडित बसुन्धरा

काठमाडौं – जेठ १५ बाट प्रदर्शनमा आउने फिल्म ‘महाभोज’मा वरिष्ठ