आर्सनल आईन्ट्याचसँग २–१ ले पराजित « Khabarhub

आर्सनल आईन्ट्याचसँग २–१ ले पराजित


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोपा लिग फुटबलमा आर्सनल घरेलु मैदानमा पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा आर्सनल बुन्डेशलिगा क्लब आईन्ट्याच फ्रान्कफर्टसंग २–१ ले पराजित भएको हो ।

३१ औ मिनेटमा डेबिड लुईज छातिमा चोट बोक्दै मैदान छाडेपछि आर्सनलको लय र नियन्त्रण गुमाएको थियो ।

पियरिक एम्रिक अबुमियाङले ४५ औ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

५५ औ मिनेटमा पाहुना टोलीका लागि जापानिज फरवार्ड दची कामडाले बराबरी गोल फर्काए । ६४ औ मिनेटमा उनैले ब्यक्तिगत दोस्रो गोल गर्दै लण्डन क्लबलाई निराश बनाउने काम गरे ।

आर्सनल छनोटको अन्तिम खेलमा स्ट्यान्डर्ट लिगसंग ठुलो अन्तरको हार रोके मात्र समेत युरोपा लिगको अन्तिम ३२ मा छनोट हुनेछ ।

हारपछि समेत आर्सनल ५ खेलबाट १० अंक सहित तालिकाको शीर्ष स्थानमा छ । फ्रान्कफर्ट ९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ६ : ०७ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव