द्रुतमार्ग निर्माणमा छानिए ६ परामर्शदाता कम्पनी « Khabarhub

द्रुतमार्ग निर्माणमा छानिए ६ परामर्शदाता कम्पनी


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–तराई द्रुतमार्ग सडक आयोजनाले द्रुतमार्ग निर्माणका लागि परामर्शदाता छनोट प्रक्रिया अगाडि बढाएको छ ।

कुल २२ वटा कम्पनीले प्रतिस्पर्धा गरेकामा ६ वटा कम्पनी छनोटमा परेका छन् । आयोजनाले परामर्शदाता छनोटका लागि कम्पनीहरूको सङ्क्षिप्त सूची सार्वजनिक गरेसँगै आयोजनाको कार्य अगाडि बढ्ने छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले द्रुतमार्ग निर्माणका लागि परामर्शदाता चयन गर्न बोलपत्र भरेका कम्पनीहरूमध्ये सङ्क्षिप्त सूचीमा परेका ६ वटा विदेशी कम्पनीको नाम सार्वजनिक गरिएको जानकारी दिए ।

परामर्शदाता छनोटका लागि आयोजनाले बोलपत्र आह्वान गर्दा २२ वटा विदेशी कम्पनीले बोलपत्र भरेका थिए । परामर्शदाता छनोटका लागि कात्तिक २० गते अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।

सङ्क्षिप्त सूचीमा योसिन इन्जिनियरिङ कर्पोरेसन, कोरिया एक्सप्रेस वे कर्पोरेसन कोरिया र फुङ्वा इन्जिनियरिङ कन्सल्ट्यान्ट लिमिटेड, कोरिया (संयुक्त भेन्चर, जेभी), चाइना रेलवे इर्वान इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड परेका छन् । यसैगरी पीईसी र डचल्यान्ड प्लानिङ इन्जिनियरिङ कन्सल्टिङ सर्भिस जर्मनी (संयुक्त भेन्चर, जेभी), जर्मनीको जेभी र अस्ट्रेलियाको एसएमईसी, कोरियाको डोङ्सुङ इन्जिनियरिङ र कोरिया इन्जिनियरिङ कन्सल्टेन्सीको जेभी सूचीकृत भएको नेपाली सेनाले जनाएको छ ।

त्यसैगरी सिङ्गापुरको मेनहार्ड, कोरियाको योङ डोङ इन्जिनियरिङ र कोरिया कन्सल्टेन्सी इन्टरनेसनलको जेभी, स्पेनको स्पेस्टिसा सर्भिस र कोरियाको सोसुङ इन्जिनियरिङ कम्पनी र कोरियाको दसन कन्सल्ट्यान्ट र रिट्स लिमिटेड, भारतको संयुक्त भेन्चर, जेभी सङ्क्षिप्त सूचीमा परेका हुन् ।

सङ्क्षिप्त सूचीमा सूचीकृत भएका कम्पनीहरूसँग आर्थिक र प्राविधिक प्रस्ताव माग गरिने बताउँदै उनले प्राप्त प्रस्तावहरू मूल्याङ्कन गरी उपयुक्त कम्पनीलाई आयोजनाको परामर्शदाता चयन गरिने जानकारी दिए।

छनोट प्रक्रियाभन्दा पहिला नै मूल्याङ्कन मापदण्ड चुहाएको भन्दै परामर्शदाता कम्पनी चयनका लागि यसअघि गरिएको बोलपत्र आह्वान रद्द गरिएको थियो ।

अब चयन हुने परामर्शदाताले अहिलेसम्म भएका कामहरूको अध्ययन गर्नुका साथै अब गरिने कामबारे सुझाव दिने छन् । एक अर्ब रुपियाँभन्दा बढीका परियोजनामा सरकारी नियमअनुसार विदेशी परामर्शदाता राख्नुपर्ने हुन्छ ।

भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले कोरियाको सुसुङ इन्जिनियरिङ कन्सल्टिङ कम्पनीले तयार गरेको डीपीआर स्वीकृत गरेको थियो ।

राजधानीलाई बढीमा डेढ घण्टाको समयमा तराईसँग जोड्ने यो द्रुतमार्ग बाराबाट नारायणगढ–मुग्लिन–काठमाडौँ सडकखण्ड (२६० किलोमिटर)भन्दा १८० किलोमिटर छोटो दूरीको हुने छ । यसैगरी दु्रतमार्गमा छ घण्टा समय कम लाग्ने छ ।

यस मार्गबाट राजधानी भित्रिने मालसामान अहिलेको भन्दा धेरै सस्तो हुनेछ । फलफूल तथा तरकारी ताजा हुनेछ । ललितपुरको खोकना ‘जिरो प्वाइन्ट’ प्रस्ताव गरिएको द्रुतमार्गको कुल लम्बाइ ७६.२ किलोमिटर छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ६ : ५५ बजे

रोजगारमन्त्री यादवले भने- स्वदेशमै रोजगारी सिर्जना गर्न जोड दिएका छौँ

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आन्तरिक रोजगारी प्रवर्द्धनलाई

युद्ध-विरामको बाबजुद लेबनानमा इजरायली आक्रमण

एजेन्सी– मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले

विश्वकपमा अस्ट्रियाको ३६ वर्षपछिको ऐतिहासिक जित, जोर्डन ३-१ ले पराजित

काठमाडौं- अस्ट्रियाले फिफा विश्वकपको फाइनल चरणमा १९९० यताकै पहिलो जित

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको