पाल्पामा एकै पटक १४१ शिक्षक विस्थापित « Khabarhub

पाल्पामा एकै पटक १४१ शिक्षक विस्थापित


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- पाल्पा जिल्लामा कार्यरत १४१ शिक्षक एकै पटक विस्थापित भएका छन् ।

प्राथमिक तहमा शिक्षक सेवा आयोगबाट उत्तीर्ण भएर नयाँ शिक्षक आएपछि एकै पटक १४१ शिक्षकको जागिर गुमेको हो।

बिहीबार शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय पाल्पाले पुराना शिक्षक विस्थापन गरी दुई सय ६३ नयाँ शिक्षक नियुक्ति गरेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमेशराज पौडेलले बताए ।

‘१४१ जागीरबाटै विस्थापित भएका छन् भने कार्यरतमध्ये ५५ जना शिक्षक सेवा दरबन्दीमा नाम निकाल्न सफल भएको र बाँकी सात जना बाहिरी जिल्लामा नाम निकालेर गएका छन्’, उनले भने ।

रामपुर नगरपालिकामा १७, तानसेन नगरपालिकामा १५, निस्दी गाउँपालिका ४६, पूर्वखोलामा २१, बगनासकालीमा १५, माथागढीमा ३८, रम्भामा २६, रिब्दीकोटामा २५, रैनादेवी छहरामा ३९, तिनाउमा २१ ले नयाँ नियुक्ति बुझेका छन् ।

जिल्ला समन्वय समिति, लेखा समिति सदस्य, प्रमुख जिल्ला अधिकारी, शिक्षक पेशागत सङ्घ सङ्गठनका प्रतिनिधिको रोहबरमा स्थायी शिक्षकलाई नियुक्ति दिइएको हो ।

सो अवसरमा जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख मीरा मरासिनी, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, शिक्षक महासङ्घ प्रतिनिधि देवीप्रसाद भट्टराई, जिल्ला शिक्षा समितिको तर्फबाट धनेन्द्रराज घिमिरेलगायतले नयाँ शिक्षकलाई स्थायी नियुक्ति प्रदान गर्दै लगनशील भएर शिक्षण कार्यमा तल्लीन रहन आग्रह गरे ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ०२ बजे

हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला

काठमाडौं- हर्मुज जलडमरूमध्यमा थाई मालवाहक जहाजमाथि हमला भएको छ ।

ट्यूसन पढ्न गएकी इनिसा फर्केर आइनन्…

काठमाडौं- ट्यूसन पढ्न पठाएकी १६ वर्षकी छोरी घर फर्केर आइनन्

युद्धबीच पनि इरानलाई विश्वकपमा स्वागत : ट्रम्प

एजेन्सी– मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न

विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत हुने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले राष्ट्रिय सभामा विशेष जिम्मेवारीपूर्वक रचनात्मक ढंगले प्रस्तुत

नेपालले कम समयमा लैङ्गिक समानता प्रवर्द्धनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले महिला तथा