आस्था राउतको सांगीतिक एल्बम् ‘आधार २’ सार्वजनिक « Khabarhub

आस्था राउतको सांगीतिक एल्बम् ‘आधार २’ सार्वजनिक


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फरक खालका गीत गाउने गायिकाको परिचय बनाएकी आस्था राउतले सांगीतिक एल्बम् ‘आधार २’ बजारमा ल्याएकी छिन् । एल्बमलाई बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा विमोचन गरियो ।

मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बुबा हरिबहादुर राउत र आमा सावित्री राउतले एल्बम् विमोचन गरे ।

‘आधार २’ मा ‘नाकैमा फुली’, ‘झलझल गर्ने कम्पनी माला’, ‘राम साइली’, ‘सीमाना’, ‘को छ यहाँ’, ‘हवाईजहाजको टिकट’, ‘दशैं आयो तिहार आयो’ गरी ७ गीत समावेश छन् । गीतलाई डिजिटल प्लेटफर्म साउन्ड क्लाउड र युट्युबमा सुन्न सकिन्छ ।

एल्बममा पर्व, संस्कृति, देशप्रेम तथा प्रेम भावका गीतहरू समावेश गरिएको छ ।

बिहीवार आयोजित कार्यक्रममा ‘नाकैमा फुली’ गीतको भिडियो समेत सार्वजनिक गरियो । उक्त गीतमा आँचल शर्मा र महेश खड्काको अभिनय देख्न सकिन्छ । भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् ।

यसअघि आस्थाले बजारमा ल्याएका गीत ‘झुम्के बुलाकी’, ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ लगायत खुबै चर्चित छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ४१ बजे

रुकुम पूर्वमा ढुक्क प्रचण्ड, गाउँगाउँ डुल्दै भन्छन् : भोट मागेको होइन, विजयोत्सव मनाए जस्तो लाग्दैछ

रुकुमपूर्व- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वका गाउँको

सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ– यहाँको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड

नयाँ उम्मेदवारको खोजीमा काठमाडौं, कांग्रेस रक्षात्मक, कम्युनिस्टको छैन लहर

काठमाडौं– देशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा विगतका

एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ ।