नेपाली र कोरियाबीच इपीएस प्रणालीको प्रभावकारीताबारे छलफल « Khabarhub

नेपाली र कोरियाबीच इपीएस प्रणालीको प्रभावकारीताबारे छलफल


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियन मानव संशाधन विकास सेवाका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वको टोली र वैदेशिक रोजगार विभागबीच इपियस प्रणालीको प्रभावकारितका बारेमा छलफल भएको छ। उक्त छलफलमा दुबै पक्षले आआफ्ना सरोकारका बिषयमा चर्चा गरेका थिए।

कोरियन पक्षले नेतृत्व गर्दै महानिर्देशक किमले नेपाली कामदारहरुको कोरियाली अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै इपिएस प्रणालीबाट रोजगारीका लागि कोरिया गै अवधि पुरा भैसकेपछि पनि गैरकानूनी तवरले बसिरहेका नेपाली कामदारहरु र इपिएस टोपिक भाषा परिक्षा तथा दोस्रो चरणको दक्षता परीक्षामा नक्कली परीक्षार्थी नियन्त्रणका लागि थप कदमहरु चाल्न अनुरोध गरेका थिए ।

साथै इपिएस प्रणालीबाट कोरियामा कामदार पठाउने १६ राष्ट्रहरुमध्ये कम्प्यूटरमा आधारित परीक्षा प्रणाली लागू गर्न नेपाल मात्रै बाँकी रहेको र नेपालले पनि यथाशीघ्र त्यसको लागि चाहिने भौतिक पूर्वाधार तयार गर्न समेत उहाँले अनुरोध गरेका थिए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भूसाले कोरियन पक्षले उठाएका बिषयहरुमा विभाग गम्भीर भएको जानकारी गराउँदै नक्कली परीक्षार्थीहरुलाई कानून अनुसार सार्वजनिक मुद्दा दायर गर्ने तयारीमा विभाग रहेको, ओभरस्टे बसेका नेपालीहरुका कारण अन्य नयाँ कामदारहरुलाई पर्न जाने असरलाई ध्यानमा राख्दै कोरियास्थित नेपाली राजदूतावासले कोरियामा र वैदेशिक रोजगार विभागले नेपालमा विभिन्न कदमहरु चालिरहेको तथा कम्प्यूटरमा आधारित परीक्षा प्रणालीका लागि आगामी जेठ १५ सम्ममा भवन लगायतका पूर्वाधार तयार गर्ने गरी काम भैरहेको जानकारी गराए ।

त्यसैगरी महानिर्देशक भूसालले इपियस प्रणालीबाट कोरिया जाने नेपालीहरुका लागि उपदान लगायतका व्यवस्था हुन कोरिया सरकारका सम्बन्धित पक्षसँग छलफलका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत अनुरोध गर्ने तयारी विभागले गरिरहेको तथा सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण गर्नेहरु र प्रतिबद्ध सूचीमा रहेका कामदारहरुलाई यथासम्भव छिटै रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गरिदिन अनुरोध गरेका थिए । जवाफमा महानिर्देशक किमले यी चासोका बिषयमा आफूले औपचारिक माध्यमबाट आएपछि आवश्यक संवादका लागि समन्वय गर्ने र कोरियाली अर्थतन्त्रमा आएका संरचनागत परिवर्तनले गर्दा पहिले नै भाषा परीक्षा गरेका नेपाली कामदारहरु रोजगारीका लागि जान समय लागेको विचार व्यक्त गरे ।

उक्त छलफलमा कोरियाली प्रतिनिधि मण्डलको तर्फबाट महानिर्देशक किम, कोरियाली रोजगार सूचना सेवाका निर्देशक किम योङ्ग हउन र नेपालस्थित एचआरडी कोरिया सेन्टरकी निर्देशक सङ्ग हि पार्कको सहभागिता थियो भने विभागको तर्फबाट महानिर्देशक भूसाल र इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ४२ बजे

के सबै पुरुष ‘बलात्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ