नेपाली र कोरियाबीच इपीएस प्रणालीको प्रभावकारीताबारे छलफल | Khabarhub Khabarhub

नेपाली र कोरियाबीच इपीएस प्रणालीको प्रभावकारीताबारे छलफल


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरियन मानव संशाधन विकास सेवाका महानिर्देशक किम सुङ्ग जाएको नेतृत्वको टोली र वैदेशिक रोजगार विभागबीच इपियस प्रणालीको प्रभावकारितका बारेमा छलफल भएको छ। उक्त छलफलमा दुबै पक्षले आआफ्ना सरोकारका बिषयमा चर्चा गरेका थिए।

कोरियन पक्षले नेतृत्व गर्दै महानिर्देशक किमले नेपाली कामदारहरुको कोरियाली अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै इपिएस प्रणालीबाट रोजगारीका लागि कोरिया गै अवधि पुरा भैसकेपछि पनि गैरकानूनी तवरले बसिरहेका नेपाली कामदारहरु र इपिएस टोपिक भाषा परिक्षा तथा दोस्रो चरणको दक्षता परीक्षामा नक्कली परीक्षार्थी नियन्त्रणका लागि थप कदमहरु चाल्न अनुरोध गरेका थिए ।

साथै इपिएस प्रणालीबाट कोरियामा कामदार पठाउने १६ राष्ट्रहरुमध्ये कम्प्यूटरमा आधारित परीक्षा प्रणाली लागू गर्न नेपाल मात्रै बाँकी रहेको र नेपालले पनि यथाशीघ्र त्यसको लागि चाहिने भौतिक पूर्वाधार तयार गर्न समेत उहाँले अनुरोध गरेका थिए ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डा.भीष्मकुमार भूसाले कोरियन पक्षले उठाएका बिषयहरुमा विभाग गम्भीर भएको जानकारी गराउँदै नक्कली परीक्षार्थीहरुलाई कानून अनुसार सार्वजनिक मुद्दा दायर गर्ने तयारीमा विभाग रहेको, ओभरस्टे बसेका नेपालीहरुका कारण अन्य नयाँ कामदारहरुलाई पर्न जाने असरलाई ध्यानमा राख्दै कोरियास्थित नेपाली राजदूतावासले कोरियामा र वैदेशिक रोजगार विभागले नेपालमा विभिन्न कदमहरु चालिरहेको तथा कम्प्यूटरमा आधारित परीक्षा प्रणालीका लागि आगामी जेठ १५ सम्ममा भवन लगायतका पूर्वाधार तयार गर्ने गरी काम भैरहेको जानकारी गराए ।

त्यसैगरी महानिर्देशक भूसालले इपियस प्रणालीबाट कोरिया जाने नेपालीहरुका लागि उपदान लगायतका व्यवस्था हुन कोरिया सरकारका सम्बन्धित पक्षसँग छलफलका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत अनुरोध गर्ने तयारी विभागले गरिरहेको तथा सन् २०१७ मा भाषा परीक्षा उत्तीर्ण गर्नेहरु र प्रतिबद्ध सूचीमा रहेका कामदारहरुलाई यथासम्भव छिटै रोजगारीका लागि कोरिया जाने वातावरण सिर्जना गरिदिन अनुरोध गरेका थिए । जवाफमा महानिर्देशक किमले यी चासोका बिषयमा आफूले औपचारिक माध्यमबाट आएपछि आवश्यक संवादका लागि समन्वय गर्ने र कोरियाली अर्थतन्त्रमा आएका संरचनागत परिवर्तनले गर्दा पहिले नै भाषा परीक्षा गरेका नेपाली कामदारहरु रोजगारीका लागि जान समय लागेको विचार व्यक्त गरे ।

उक्त छलफलमा कोरियाली प्रतिनिधि मण्डलको तर्फबाट महानिर्देशक किम, कोरियाली रोजगार सूचना सेवाका निर्देशक किम योङ्ग हउन र नेपालस्थित एचआरडी कोरिया सेन्टरकी निर्देशक सङ्ग हि पार्कको सहभागिता थियो भने विभागको तर्फबाट महानिर्देशक भूसाल र इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालको सहभागिता रहेको थियो।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ४२ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले