परराष्ट्र मन्त्री ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किए « Khabarhub

परराष्ट्र मन्त्री ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किए


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूस र सर्वियाको भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।

पूर्वनिर्धारित कार्यक्रम दुई दिनपछि फर्कने भए पनि मन्त्री ज्ञवाली आजै स्वदेश फर्किएका हुन् । उनी शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्।

विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै ज्ञवालीले देशभित्र विकसित घटनाक्रम र परिस्थितिका कारण आफू छिटो आएको बताए ।

मन्त्री ज्ञवाली शनिबार रूस प्रस्थान गरेका थिए ।

मस्कोमा उनले रूसी समकक्षी सर्गेई लाभरोभसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।

भेटका क्रममा उनले रूसी राष्ट्रपति भ्लादमिर पुटिनलाई नेपाल भ्रमण गर्न निम्तो दिएका थिए ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ११ : ४८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली

एमाले महाधिवेशनमा ओलीलाई ईश्वरको चुनौती, नेतृत्वका लागि आज मतदान

काठमाडौं – नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ

निर्वाचन ७९ दिन बाँकीः समानुपातिकतर्फ १४ राजनीतिक दल सहभागी नहुने

काठमाडौं – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर