देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक « Khabarhub

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक


१ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली नदीमाथिको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ । उक्त पुल जीर्ण भइसकेकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोटरसाइकल सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास विभाग सस्पेन्सन बृज डिभिजनको पत्राचार पछि जिल्ला प्रशासन कार्यालयले देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिलाई पत्र लेख्दै उक्त पुलमा मोटरसाइकल सञ्चालनमा रोक लगाइएको जानकारी गराएको प्रशासकीय अधिकृत विकास श्रेष्ठले जानकारी दिए।

उनका अनुसार ४४ वर्ष अघि निर्माण भएको उक्त पुल जीर्ण भइसकेकाले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोटरसाइकल सञ्चालनमा रोक लगाइएको हो।

तत्कालीन समयमा मानिस मात्र आवतजावत गर्ने गरी डिजाइन गरिएको भन्दै पुल विभागले अत्यधिक मात्रामा मोटरसाइकल चलाउन थालिएपछि सम्भावित दुर्घटना हुन नदिन दुई पाङ्ग्रे सवारी आवागमनमा रोक लगाउन प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो।

देवघाट–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउनजान सबैभन्दा छोटो दूरीका रूपमा सोही पुल प्रयोग गर्दै आएका छन्।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल बर्सेनि मर्मतसम्भार गरिँदै आइएको बताउँदै पुरानो र जीर्ण भइसकेकाले मर्मत गरे पनि जोखिम कायम रहेको बताए।

प्रकाशित मिति : १ पुस २०८२, मंगलबार  ६ : ५५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका