‘नालापानी’ हेरेपछि प्रधान सेनापतिले भने– इतिहास सम्झाउने फिल्म « Khabarhub

‘नालापानी’ हेरेपछि प्रधान सेनापतिले भने– इतिहास सम्झाउने फिल्म


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली फिल्म ‘नालापानी’ हेरेका छन् । ऐतिहासिक नेपाली फिल्म ‘नालापानी’ को हालै एक विशेष प्रदर्शनीमा सो फिल्म हेरेका हुन् ।

नेपाली सेनाको मूख्यालयमा भएको प्रदर्शनीमा नेपाली सेनाका प्रधान सेनापति ‘नालापानी’ हेरेपछि आफू वि‍.सं. २०३८ मा पुगेको महसुस भएको प्रतिक्रिया दिए । उनले नेपालका रक्षाका लागि पुर्खाले गरेको योगदालाई फिल्मले स्मरण गराउने बताए ।

‘हामीले आफ्नो इतिहासलाई बिर्स्यौ‍ं भने हामीले हाम्रो राष्ट्रलाई पनि बिर्सन्छौँ । यो चलचित्रले हामीलाई इतिहास बिर्सन दिँदैन । राष्ट्रको रक्षाको लागि सेनाले मात्र नभएर सेना र जनता दुवैले सहकार्य गर्यो भने असम्भव केहि पनि छैन,’ थापाले भने, ‘नालापानीले हामी कहिल्यै कमजोर थिएनौँ भन्ने देखाउँछ । ‘नालापानी’ले नेपाली सेनामा वीर रस थप्छ ।’

बिशेष शोमा राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु सहित ३०० जना बढि नेपाली सेनाका अधिकारीहरुले फिल्म हेरेका थिए ।

भीएफएक्सको अधिक प्रयोग भएको चलचित्र ‘नालापानी’ को टिजर केही महिनाअघि रिलिज भएको थियो ।यो फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँमा फिल्म आधारित छ ।

फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड) लगायतका कलाकारले अभिनय गरेका छन् ।

‘नालापानी’को परिकल्पना, निर्माण तथा निर्देशन रिमेश अधिकारीले गरेका छन् । नालापानीको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् ।

विशेष शो देखाइए पनि फिल्मको प्रदर्शन मिति भने अझै तोकिएको छैन ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १२ : ५३ बजे

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।

राजनीतिक द्वन्द्वबाट देशलाई मुक्त गर्न सविधान संशोधन गर्नुपर्छ : उपेन्द्र यादव

सप्तरी – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

आहा रारा पोखरा गोल्डकपमा जावलाखेलको विजयी सुरुवात

काठमाडौं– जावलाखेल युथ क्लबले पोखरामा सञ्चालन भएको मोफसलको प्रतिष्ठित राष्ट्रिय

लमजुङमा भूकम्पको धक्का

काठमाडौं-लमजुङमा भूकम्प गएको छ । बन्सार केन्द्रविन्दु भएर बुधबार बेलुका

टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा