प्रहरी र सेनाको नक्कली कागजात बनाउने तीन जना पक्राउ « Khabarhub

प्रहरी र सेनाको नक्कली कागजात बनाउने तीन जना पक्राउ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरी र नेपाली सेनाको नक्कली कागजात, पुलिस रिपोर्ट बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो (सीआईबी) ले नेपाल प्रहरी र सेनाको नक्कली सिफारिसपत्र, नक्कली पुलिस रिपोर्ट, विश्वविद्यालयको शैक्षिक प्रमाणपत्रसहित ३ जनालाई विहीबार पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई सीआईबीले शुक्रवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

जसमा चितवन रत्ननगर नगरपालिका– १६ का अमृत सुर्खेती, ओखलढुंगा रानीवन गाउँपालिका– ७ का सविनकुमार तोलांगी र धादिङको नीलकण्ठ नगरपालिका– ९ का मधुसुदन दवाडी रहेका छन् ।

सुर्खेती र दवाडी फोटो स्टुडियो सञ्चालक हुन् ।

त्यस्तै तोलांगीको साथबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र कालिमाटीको सिफारिस पत्र, महानगरीय प्रहरी वृत्तको खाली लेटरप्याड, जिल्ला प्रशासन कार्यालय लमजुङबाट जारी भएको नागरिकता, तनहुँबाट जारी भएको नागरिकता, आन्तरिक राजस्व कार्यालयको स्थायी लेखा नम्बरको प्रमाणपत्र बरामद गरेको पत्रकार सम्मेलनमा सीआईबीले जानकारी दियो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ३ : ०१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति