तेह्रौँ साग भलिबल : सेमिफाइनलमा नेपाल श्रीलंकासँग भिड्ने « Khabarhub

तेह्रौँ साग भलिबल : सेमिफाइनलमा नेपाल श्रीलंकासँग भिड्ने


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलतर्फ नेपाल सेमिफाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा नेपाल अब समूह ‘बी’को विजेता श्रीलङ्कासँग भिड्ने छ ।

आज भएको खेलमा भारतले बङ्गलादेशलाई पराजित गरेपछि नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो । त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेश भारतसँग ३–० ले पराजित भयो ।

पराजयसँगै बङ्गलादेश प्रतियोगिताबाट बाहिरिएको छ । भारतले बङ्गलादेशलाई २५–८, २५–११ र २५–९ अङ्कले हराएको हो । बङ्गलादेश लगातार दुई खेलमा पराजित भएको छ । बङ्गलादेश यसअघि बुधबार नेपालसँग ३–० ले हारेको थियो । नेपालले उक्त खेल २५–९, २५–९ र २५–११ अङ्कले जितेको थियो । नेपाल दोस्रो खेलमा बिहीबार भारतसँग २५–२६, १२–२५ र १६–२५ अङ्कले हारेको थियो ।

यसैबीच आज भएको अर्को खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० ले पराजित गरेको छ । उक्त खेलमा श्रीलङ्काले माल्दिभ्सलाई २५–१५, २५–१८ र २५–१४ अङ्कले हराएको हो । समूह ‘बी’मा रहेको पाकिस्तानको महिला भलिबल टोली प्रतियोगिता खेल्न नआएपछि सो समूहमा रहेका श्रीलङ्का र माल्दिभ्स सेमिफाइनल प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ६ : ०७ बजे

बालेनलाई बधाई दिँदै गगनले भने : रचनात्मक सहयोग र साथ दिन्छु

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाह

अफगानिस्तानमा भारी वर्षा र बाढी : पाँच जनाको मृत्यु, छ घाइते

काबुल- अफगानिस्तानका विभिन्न प्रान्तहरूमा पछिल्लो २४ घण्टामा परेको अत्यधिक वर्षाका

बालेनलाई बधाई दिँदै मोदीले भने : नजिकबाट काम गर्ने अपेक्षा गरेको छु

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह

निफमा बलिउड लेजेन्ड निर्देशक सिप्पी र महानायक हमालबीच संवाद कार्यक्रम हुने

काठमाडौं – बलिउडका लेजेन्ड निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी

कानुन मन्त्रीको शपथ लिएकी सोबिताले कुनै निर्णय गरिनन्

काठमाडौं- सोबिता गौतमले कानुन मन्त्रीको पदभार ग्रहण गरेकी छन् ।