गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना « Khabarhub

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । 

शुक्रबार शीतल निवासमा शपथ लिएपछि मन्त्री तिमिल्सिनाले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री तिमिल्सिनाले युवाहरूको भावना अनुसार मुलुकलाई अघि बढाउने जिम्मेवारी सबैको भएको बताए । 

उनले देशमा बस्न लायक बनाउन र नवयुवाहरू बिदेसिन नपर्ने गरी आशाको सञ्चार बनाउनुपर्ने धारणा राखे ।  आफूलाई गल्ती गर्ने छुट नभएको भन्दै उनले रूपान्तरणको आफ्नो अभियानमा साथ दिन आग्रह गरे । 

उनले मन्त्रालय मातहतका निकायको सुधारका लागि सबै कर्मचारीहरूको साथ लिएर अघि बढ्ने धारणा राखे ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ३ : ५८ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि