गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना « Khabarhub

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना


१३ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् । 

शुक्रबार शीतल निवासमा शपथ लिएपछि मन्त्री तिमिल्सिनाले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पछि मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा मन्त्री तिमिल्सिनाले युवाहरूको भावना अनुसार मुलुकलाई अघि बढाउने जिम्मेवारी सबैको भएको बताए । 

उनले देशमा बस्न लायक बनाउन र नवयुवाहरू बिदेसिन नपर्ने गरी आशाको सञ्चार बनाउनुपर्ने धारणा राखे ।  आफूलाई गल्ती गर्ने छुट नभएको भन्दै उनले रूपान्तरणको आफ्नो अभियानमा साथ दिन आग्रह गरे । 

उनले मन्त्रालय मातहतका निकायको सुधारका लागि सबै कर्मचारीहरूको साथ लिएर अघि बढ्ने धारणा राखे ।

प्रकाशित मिति : १३ चैत्र २०८२, शुक्रबार  ३ : ५८ बजे

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन