खप्तड क्षेत्रमा हिमपात « Khabarhub

खप्तड क्षेत्रमा हिमपात


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिलगढी– सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण एकाएक चिसो बढेको छ ।

हिमपात भएसँगै  खप्तड आसपासका स्थानीयवासीलाई आवतजावत तथा काम गर्नमा समस्या भएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक वार्डेन प्रकाशबहादुर शाहले बताए । उनले भने, ‘बिहीबार रातिदेखि बाक्लो हिमपात भएको छ, हिमपातले स्थानीय तथा वन्यजन्तुलाई आवतजावत र काम गर्नमा समस्या भएको छ ।’

खप्तडसँगै जिल्लाका उच्च हिमाली भेगहरु देउताल, केदार, गुनडमा पनि हिमपात भएको स्थानीयवासीले जानकारी दिएका छन् । हिमाली भेगमा हिमपात शुरु भएसँगै जिल्लामा चिसो बढेको छ ।

हिमपात बिहीबार साँझदेखि शुरु भएको हो । यहाँका उच्च लेकाली भेगमा हिमपातसँगै तल्लो क्षेत्रमा पानी पर्न थालेको छ । आकाशको पानीले खेती गर्नुपर्ने हुँदा किसानले हालसम्म पनि पाखो जमीनमा हिउँदे खेती गरेका थिनन् ।

पानी पर्न थालेपछि किसानलाई खेती लगाउन सजिलो हुने भन्दै खुशी भएका छन् । बिहीबार साँझपखबाट सुदूरपश्चिमका पहाडी जिल्लाहरु बैतडी, डडेल्धुरा, बाजुरा, अछाम, बझाङ, दार्चुला र डोटीमा एकाएक मौसम बदली भएको थियो ।

यहाँका अन्य जिल्लामा हिमपात नभए पनि बाजुरा र डोटीका उच्च लेकाली भेगमा भने हिमपात भएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ०० बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब