पर्यटकीय क्षेत्रको प्रचारका लागि पत्रकार महासंघको विशेष अभियान « Khabarhub

पर्यटकीय क्षेत्रको प्रचारका लागि पत्रकार महासंघको विशेष अभियान


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सल्यान– नेपाल पत्रकार महासङ्घ सल्यानको बैठक पाँचबुँदे निर्णय पारित गर्दै दार्मागाउँपालिका–४ मालिका लेकमा शुक्रबार सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि जिल्लाका पर्यटकीयस्थलको पहिचान गर्ने उद्देश्यका साथ बैठक आयोजना गरिएको थियो ।

पर्यटन वर्ष २०२० लाई लक्षित गरी जिल्लाका प्रमुख पर्यटकीयस्थलको पहिचान गरी प्रचारप्रसार गर्ने गरी सन् २०२० सम्म प्रत्येक महिना जिल्लाका प्रमुख पर्यटकीयस्थलमा बैठक आयोजना गर्ने पत्रकार महासङ्घ सल्यान शाखाका अध्यक्ष प्रतीक इच्छुक शर्माले जानकारी दिए । बैठकले जिल्लाका प्रमुख पर्यटकीयस्थलमा पूर्वाधार विकास गर्न जिल्लाका १० वटै स्थानीयतहसँग बृहद् अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै जिल्लाका पर्यटकीयस्थलको समग्र विकासका लागि स्थानीयतहसँग समन्वय गर्ने तथा व्यापक प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न भूमिका खेल्ने निर्णय गरेको छ । ‘जिल्लाका विभिन्न स्थानमा पर्यटकीयस्थल छन्, तिनीहरुको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेकै कारण महासङ्घको अगुवाइमा प्रमुख पर्यटकीय गन्तव्य बनाउने अभियान चलाएका छौँ,’ पत्रकार महसङ्घ सल्यानका अध्यक्ष शर्माले भने ।

सल्यान शाखाले यसअघि लक्ष्मीपुर, कुमाख, चाँदनी साततले गुफा लगायतका पर्यटकीयस्थलमा बैठक सम्पन्न गरेको जानकारी गराउँदै आगामी पुस १९ गते कपुरकोटमा बैठक आयोजना गरिने अध्यक्ष शर्माले जानकारी दिए ।

सुमन्द्र सतहदेखि करिब दुई हजार २०० मिटर अग्लो मालिका लेकबाट चारैतर्फका सुन्दर दृश्य अवलोकन गर्न सकिने गाउँपालिकामन अध्यक्ष नीमबहादुर केसीले जानकारी दिए । ‘यहाँबाट सल्यान जिल्लामात्र हैन रुकुम र जाजरकोटका अधिकांश भूभाग अवलोकन गर्न सकिन्छ, सूर्योदय र सूर्य अस्ताउने दृश्य सबैभन्दा आकर्षक छ,’ अध्यक्ष केसीले भने ।

यस लेकमा मालिका र कालिका दुई दिदीबहिनी बास बसेर गएकोे हुनाले यहाँ आएर मालिका र कालिका मन्दिरमा पूजाआजा गरे मनोकामना पूरा हुने जनविश्वास रहेकाले भदौमा यहाँ ठूलो धार्मिक मेला लाग्ने गरेको स्थानीयवासी हीरालाल केसीले जानकारी दिए ।

मालिकाको विकास गर्न गाउँपालिकाले गुरुयोजना तयार गरेको गाउँपालिकाले जनाएको छ । ‘यो जिल्लाकै सुन्दर लेक हो यहाँ आएर जाने मान्छे फर्केर फेरि आउँछ यही नै यहाँको विशेषता हो यसलाई जोगाउन गाउँपालिकाले सबैको सहयोगको आशा राखेको छ,’ गाउँपालिकाका उपाध्यक्ष टीका शर्मा वलीले भनिन् ।

सदरकुमकाम खलङ्गादेखि करिब ४५ किलोमिटर टाढाको यस मालिका लेकमा पुग्नुभन्दा पहिले पनि अत्यन्तै मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : १५ बजे

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन : २९ प्रस्तावमा के छ ?

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशनमा पेश गर्न

स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य, कहिलेदेखि लागू हुन्छ ?

काठमाडौँ – स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि

एमाले र मसालसँग सहकार्य गर्ने समझदारी भइसक्यो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले र