प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने– स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ « Khabarhub

प्रधानमन्त्री ओलीले प्रचण्डलाई भने– स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रचण्ड साँझ ६ः४० बजेतिर त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच केही समय कुराकानी समेत भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएका प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरुसँग समेत कुराकानी गरेका थिए । चिकित्सकहरुले पनि ओलीको स्वास्थ्यमा सुधार आइरहेको जानकारी दिएका थिए ।

पेट दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल भर्ना भएका थिए ।

परीक्षणका क्रममा अपेन्डिसाइटिस भएको देखिएपछि चिकित्सकहरुले ओलीको शल्यक्रिया गरेका थिए ।

प्रधानमन्त्री ओली अहिले अस्पतालममै उपचाररत छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ८ : ०८ बजे

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु, कसैको शिर निहुरिन दिने छैन,

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा