जीवन बनाउँछु भन्दै सागको मुखैमा भागिन् एथ्लेटिक्स खेलाडी « Khabarhub

जीवन बनाउँछु भन्दै सागको मुखैमा भागिन् एथ्लेटिक्स खेलाडी


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेल्ने एथलेटिक्सकी खेलाडी बन्द प्रशिक्षणबाट भागेकी छन् ।

विभागीय टिम आर्मीबाट खेल्दै आएकी खेलाडी तुलसा खत्री बन्द प्रशिक्षणबाट भागेर विदे्श गएको एथलेटिक्सका प्रशिक्षक चन्द गुरुङले खुलाएका छन् ।

सागको मुखैमा मेडल ल्याउने सम्भावना भएकी खेलाडी भाग्दा नेपाली एथलेटिक्सले घाटा हुनसक्ने प्रशिक्षक गुरुङले बताए ।

उनी ४ सय मिटरको दौड र ४ सय मिटर हर्डलमा नेपालको प्रतिनिधित्व गर्दै थिइन् ।

बिहीबार खेलाडीले होटल छाडेको प्रशिक्षक गुुरुङले बताए । ‘आफ्नो जीवन बनाउँछु भन्दै अन्य खेलाडीहरुलाई म्यासेज गरेको रहेछ,’ प्रशिक्षक गुरुङले भने,‘हिजो (बिहीबार) बिहान नौ बजे एयरपोर्ट भित्र प्रवेश गरेको रहेछ ।’

बिहीबार बिहान भेटघाटका लागि भनेर निस्किएकी उनी कतार गएको प्रशिक्षक गुरुङले अन्य खेलाडीमार्फत जानकारी पाएको र मौखिक रुपमै संघलाई हिजै जानकारी गराइसकेको बताएका छन् ।

सागको औपचारिक उद्घाटन आईतबार हुदैछ । तर एथ्लेटिक्समा नेपालको चुनौती पेश गर्ने खेलाडी भने तीन दिन अघि बन्द प्रशिक्षणबाट भागेर कतार हिँडेकी हुन् ।

‘उनी मेडल ल्याउने सम्भावित खेलाडी थिइन्,’ प्रशिक्षकले भने, ‘हामीले हरेक विधामा दुई जना खेलाडीलाई प्रशिक्षणमा राखेका थियौं । अब उनको स्थानमा अर्को खेलाडी खेल्नेछ ।’

सागमा एथलेटिक्सका खेलहरु सोमबार देखि शुरु हुँदैछन् ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ९ : ५५ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू