साग भलिबल: समूह चरणबाटै बाहिरियो नेपाल « Khabarhub

साग भलिबल: समूह चरणबाटै बाहिरियो नेपाल


१३ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष भलिबलतर्फ नेपाल समूह चरणबाटै बाहिरिएको छ।

शुक्रबार बेलुकी त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा भारतसँग ३-० को सोझो सेटमा पराजित भएको नेपाल पहिलो चरणबाटै आउट भएको हो।

घरेलु दर्शकको साथ पाएको नेपालले लगातार तीन सेट गुमाउन पुग्यो। इम रानाले नेतृत्व गरेको नेपाली टोलीले पाहुना भारतलाई दबाबसमेत प्रस्तुत गर्न सकेन।

पहिलो सेटमा भारतविरुद्व १-० बनाएको नेपाल त्यसपछि भने कुनै पनि समय भारतभन्दा अगाडि लाग्न सकेन । जसमा नेपालले पहिलो सेट २५-१५ मा गुमाएको थियो ।

दोस्रो सेटमा झन नेपालले लय समात्न नसक्दा कमजोर स्कोर बनाउन पुग्यो । नेपाल दोस्रो सेटमा २५-१३ स्कोरले भारतसँग पराजित भयो।

खेलको अन्तिम तथा निर्णायक सेटको सुुरुवातमा नेपालले भारतसँग प्रतिस्पर्धात्मक खेलेको थियो। ५-७ स्कोरबाट नेपालले राम्रो प्रदर्शन गरेको नेपालले ७-७ बराबरी सम्म पुर्‍याएको थियो ।

त्यसपछि भने नेपाल खेलमा फर्कन सकेन र अन्तिम सेट भारतलाई २५-१६ स्कोरमा सुम्पेको थियो ।

समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको भारत समूह बि को उपविजेतासँग आइतबार पहिलो खेलमा फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ।

भने समूह ए बाट उपविजेता बनेको बंगलादेश समूह बि को विजेता टोलीसँग खेल्नेछ।नेपाली पुरुष टोली भदौमा भएको एभिसी सेन्ट्रल जोनमा पनि लिग चरणबाटै बाहिरिएको थियो।

नेपाली भलिबल टोलीले घरेलु मैदानमा उपाधि जित्न सकेको छैन्। सागमा काठमाडौंमै भएको खेलमा लगातार दुई हार व्यहोर्नुपरेको नेपालले भारतसँग भने औसत खेल प्रस्तुत गरेको विश्लेषक बताउँछन्। भारत यस क्षेत्रको पावरहाउसका रुपमा परिचित टोली हो।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १० : ०६ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र