सबै स्थानीय तहमा खेलग्राम निर्माणको तयारी « Khabarhub

सबै स्थानीय तहमा खेलग्राम निर्माणको तयारी


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशभरका प्रत्येक स्थानीय तहमा एक-एक वटा खेलग्राम निर्माण गर्ने बताएका छन् ।

ब्रिजवाटर इन्टरनेशनल कलेजले आयोजना गरेको ब्रिजवाटर कपको समापन कार्यक्रममा मन्त्री विश्वकर्माले सवै स्थानीय तहमा खेलग्राम निर्माण गरिने बताएका हुन् ।

प्रतियोगिताका विजेता र उपविजेतालाई पुरस्कारसहित सम्मान गर्दै उनले भने, ‘सरकार तल्लो तहबाटै खेलकूद तथा खेलाडीको विकास गर्नुपर्छ भनेर लागिरहेको छ, देशका ७५३ वटै तहमा अब एकएक खेलग्राम निर्माण गर्ने अवधारणाअनुसार मन्त्रालयले काम थालेको छ ।”

सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उनले अब खेलाडीले खेलकूदमा लागेर निराश हुनुपर्ने अवस्था नआउने दाबी गरे ।

तेह्रौँ सागले खेलकूदमार्फत देशको गौरव बढाउन सकिन्छ भन्ने भनाइ पुष्टि भएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले १४औँ दक्षिण एशियाली खेलकूद (साग) मा ७५ वटा स्वर्ण पदक जित्ने लक्ष्यसहित अहिलेदेखि नै काम भइरहेको जानकारी दिएका थिए ।

एक लाख रुपैयाँ नगद पुरस्कारसहित उपत्यकाव्यापी प्लस टु ब्रिजवाटर कप फुटबल प्रतियोगिताको उपाधि भक्तपुरको सैनिक आवासीय महाविद्यालयले हात पारेको थियो । फाइनल खेलमा साइपाल एकेडेमीलाई ३–० गोलले हराउँदै सैनिकले उपाधि हात पारेको हो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : २६ बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च