सबै स्थानीय तहमा खेलग्राम निर्माणको तयारी « Khabarhub

सबै स्थानीय तहमा खेलग्राम निर्माणको तयारी


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशभरका प्रत्येक स्थानीय तहमा एक-एक वटा खेलग्राम निर्माण गर्ने बताएका छन् ।

ब्रिजवाटर इन्टरनेशनल कलेजले आयोजना गरेको ब्रिजवाटर कपको समापन कार्यक्रममा मन्त्री विश्वकर्माले सवै स्थानीय तहमा खेलग्राम निर्माण गरिने बताएका हुन् ।

प्रतियोगिताका विजेता र उपविजेतालाई पुरस्कारसहित सम्मान गर्दै उनले भने, ‘सरकार तल्लो तहबाटै खेलकूद तथा खेलाडीको विकास गर्नुपर्छ भनेर लागिरहेको छ, देशका ७५३ वटै तहमा अब एकएक खेलग्राम निर्माण गर्ने अवधारणाअनुसार मन्त्रालयले काम थालेको छ ।”

सरकारले खेलकूदलाई उच्च प्राथमिकतामा राखेर काम गर्दै आएको बताउँदै उनले अब खेलाडीले खेलकूदमा लागेर निराश हुनुपर्ने अवस्था नआउने दाबी गरे ।

तेह्रौँ सागले खेलकूदमार्फत देशको गौरव बढाउन सकिन्छ भन्ने भनाइ पुष्टि भएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेश सिलवालले १४औँ दक्षिण एशियाली खेलकूद (साग) मा ७५ वटा स्वर्ण पदक जित्ने लक्ष्यसहित अहिलेदेखि नै काम भइरहेको जानकारी दिएका थिए ।

एक लाख रुपैयाँ नगद पुरस्कारसहित उपत्यकाव्यापी प्लस टु ब्रिजवाटर कप फुटबल प्रतियोगिताको उपाधि भक्तपुरको सैनिक आवासीय महाविद्यालयले हात पारेको थियो । फाइनल खेलमा साइपाल एकेडेमीलाई ३–० गोलले हराउँदै सैनिकले उपाधि हात पारेको हो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : २६ बजे

बालेनको उपस्थितिमा उपसभामुखमा रूबीकुमारीलाई सघाउने रास्वपाको निर्णय

काठमाडौं- उपसभामुख पदको निर्वाचनअघि डाकिएको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको

औषधिको मूल्यवृद्धिबारे विभागको स्पष्टिकरण

काठमाडौं– पछिल्लो समय औषधिको मूल्यवृद्धि सम्बन्धी विषय संघीय संसद् र

उपसभामुखको निर्वाचनअघि रास्वपा दलको बैठक (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बसिरहेको

एकीकरण प्रयासबीच राष्ट्रपति सीले बेइजिङमा भेटे ताइवानकी विपक्षी नेतृलाई

बेइजिङ- चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको मुख्य विपक्षी पार्टी कुओमिन्ताङ

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक