भारतीय गायिका आशा भोस्लेको नेपाली गीतमा झुमे दर्शक « Khabarhub

भारतीय गायिका आशा भोस्लेको नेपाली गीतमा झुमे दर्शक


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय गायिका आशा भोस्लेको प्रस्तुतिबाट नेपाली दर्शकले शनिबार भरपूर मनोरञ्जन लिएका छन् ।

काठमाडौँको एक होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए । कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरेका थिए ।

साधाना कला केन्द्रको आयोजनामा गरिएको सो कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किए । भोस्लेले पनि गजमेरको सङ्गीतमा केही नेपाली गीतमा स्वर दिनुभएको छ ।

किन बढ्दैछ ढुकढुकी मुटुको, आगेआगे तोपकै गोला, डाँडा खोलाबगर, झझल्को लिएर आएछ, माइतीघर, मोहनी लाग्ला है लगायतका गीत प्रस्तुत गर्नुभयो । मोहनी लाग्ला है गीतमा गायक रामकृष्ण ढकालले भोस्लेलाई साथ दिनुभयो ।

करीब २० मिनेट गीत गाउँदा दर्शकदीर्घाबाट पटक–पटक तालीको गडगडाहट बर्सियो । दर्शकको समर्थन र हौसलाबाट उनी उत्साहित देखिएकी थिइन् । गायिका भोस्लेले अहिले पनि उस्तै गरी गीत गाएको देख्दा दर्शक अचम्मित भए ।

उनले  हरे कृष्ण हरे राम बोलको हिन्दी गीत पनि गाएकी थिइन् । भोस्लेले नेपालमा आउँदा पाएको सम्मान स्मरणयोग्य रहेको बताएकी छिन् ।

उनले गजमेरलाई पटक–पटक कान्छा भनेर बोलाउँदा गजमेर निकै खुशी देखिएका थिए ।

कार्यक्रममा इन्द्रजीत मिजार, भारती घिमिरे, दीप श्रेष्ठले पनि प्रस्तुति दिएका थिए । अन्य थुप्रै कलाकारले रञ्जित सङ्गीत र उहाँकी पत्नी कुशुम गजमेरका शब्दमा रहेका गीतहरु गाएका थिए ।

हल गुञ्जयमान बनिरह्यो । हेर न हेर कान्छा, चिसो–चिसो हावामा, सुन भनन, पहाडको माथिमाथि, वीरताको चिनो, टाढा भइनदेऊ फेरि, तिमी मेरो म तिम्रो, भनिदेऊ आज, यो बाटो कहाँ जाने हो, पिरतीको मिठो तिर्सना, लहनाले, पिएको त, साउने झरीमा, यो मुटुलाई, दिलमा फोटो छ लगायतका गीत विभिन्न कलाकारहरुले प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यक्रमको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ६ : ५६ बजे

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा